काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)केही बेरअघि यहाँबाट काठमाडौँका लागि प्रस्थान गरेका छन् । प्रधानमन्त्री शाह परिवारका सदस्यसहित शनिबार यहाँ आएका हुन् ।
शनिवार अपराह्ण उनले मुक्तिनाथको पूजार्चना गरेका थिए । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सन्तोष बस्यालका अनुसार प्रधानमन्त्री शाह जोमसोम–बेनी मार्गबाट संघीय राजधानीतर्फ प्रस्थान गरेका हुन् ।






