७ भाद्र २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भदौ २३ र २४ को घटनालाई रवीन्द्र मिश्रले गरे ‘विदेशी जासुसी विद्रोह’का रूपमा व्याख्या

अ+ अ-

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले गत वर्ष भदौ २३ र २४ गते भएको घटनालाई विदेशी गुप्तचर गतिविधिसँग जोडेर व्याख्या गरेका छन्। उनले उक्त घटनालाई विश्वकै सफलमध्ये एक ‘विदेशी-जासुसी विद्रोह’ भएको दाबी गरेका छन्।

आइतबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै मिश्रले यसअघि भदौ २३ गतेको घटनालाई ‘जेन जेड विद्रोह’ र भदौ २४ गतेलाई ‘घुसपैठ विद्रोह’ भन्दै आएको स्मरण गरेका छन्। विभिन्न विद्रोह तथा जासुसी घटनासम्बन्धी सामग्री अध्ययन र त्यसबारे लामो समय विचार गरेपछि आफ्नो व्याख्या परिवर्तन गरेको उनको भनाइ छ।

मिश्रका अनुसार तत्कालीन घटनामा कुनै अज्ञात अन्तर्राष्ट्रिय जासुसी संस्था वा संस्थाहरूले नेपाली युवाको असन्तुष्टि, पीडा, आक्रोश र अपेक्षालाई उनीहरूकै जानकारीबिना प्रयोग गरेको हुनसक्छ। स्थानीय स्तरमा देखिएको जनआक्रोशलाई बाह्य योजनाले आफ्नो उद्देश्यका लागि परिचालन गरेको उनको दाबी छ।

उनले घटनाको तीव्रतालाई पनि आफ्नो दाबीको आधारका रूपमा प्रस्तुत गरेका छन्। उनका अनुसार करिब ६ घण्टाको अवधिमा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकासहित राज्यका प्रमुख संरचना तथा राष्ट्रप्रमुखको निवासमा आगजनी भएको थियो। यस्तो प्रकृतिको घटना आफूले विश्वका अन्य उदाहरणमा समेत विरलै देखेको उनले उल्लेख गरेका छन्।

घटनापछिको अवस्थालाई लिएर योजनाकारहरूको उद्देश्य पूरा भयो वा भएन तथा उनीहरू अझै कुनै अभियानमा सक्रिय छन् कि छैनन् भन्ने विषय स्पष्ट हुन बाँकी रहेको मिश्रले बताएका छन्। तत्कालीन घटनाका योजना, नेतृत्व र कार्यान्वयनसँग सम्बन्धित गोप्य विवरण भविष्यमा सार्वजनिक भए त्यसले घटनाको वास्तविक प्रकृति बुझ्न सहयोग पुग्ने उनको भनाइ छ।

भविष्यमा ती विवरण सार्वजनिक भए कुनै अन्तर्राष्ट्रिय चलचित्र निर्देशकले त्यस घटनामा आधारित जासुसी चलचित्र निर्माण गरेमा विश्वस्तरीय चलचित्र बन्न सक्ने दाबीसमेत उनले गरेका छन्।

मिश्रले विश्वका विभिन्न स्थानमा स्थानीय नागरिक वा युवालाई उनीहरूकै उद्देश्य अनुकूल गतिविधि गरिरहेको अनुभूति हुने तर त्यसको पछाडि अन्य पक्षको योजना तथा परिचालन रहने खालका गोप्य अभियानहरू देखिएको उल्लेख गरेका छन्। नेपालको भदौ २३ र २४ को घटनालाई पनि उनले त्यही प्रकृतिको गतिविधिसँग तुलना गरेका छन्।

उनले घटनाको वास्तविकता पत्ता लगाउन राज्यले यसको गहिरो अध्ययन र अनुसन्धान गर्नुपर्ने आवश्यकता औँल्याएका छन्। नेपालको दीर्घकालीन राष्ट्रिय हित सुरक्षित गर्न त्यस घटनाको पृष्ठभूमि, योजना र कार्यान्वयनका पक्षमा गम्भीरतापूर्वक पुग्नुपर्ने उनको तर्क छ।

साथै, उनले नेपालको आन्तरिक स्थायित्वसँगै समग्र क्षेत्रीय शान्ति र स्थिरताका लागि नयाँ प्रकारको राजनीतिक तथा रणनीतिक समझदारी आवश्यक रहेको धारणा व्यक्त गरेका छन्।

0 Comments