७ भाद्र २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, सतर्क रहन अनुरोध

अ+ अ-

काठमाडौँ । लामखुट्टेको टोकाइबाट सर्ने जापानिज इन्सेफलाइटिस (जेइ) रोगको सङ्क्रमण तथा मृत्यु हुनेको सङ्ख्या बढिरहेकाले यसको जोखिमप्रति सतर्क र सुरक्षित रहन परिवार कल्याण महाशाखाले सबैमा अनुरोध गरेको छ ।

स्वास्थ्य सेवा विभागअन्तर्गतको परिवार कल्याण महाशाखाको पछिल्लो प्रतिवेदन अनुसार देशका २५ जिल्लाका ५९ स्थानीय तहमा ८० जना प्रयोगशालामा पुष्टि भएका जापानिज इन्सेफलाइटिसका बिरामी देखिएका छन् ।

आज एक विज्ञप्ति जारी गर्दै महाशाखाले पुष्टि भएका बिरामीमध्ये ८६ प्रतिशतले जापानिज इन्सेफलाइटिस रोगविरुद्धको ‘जेइ खोप’ नलगाएका जनाएको छ । यसैगरी, हालसम्म सङ्क्रमितमध्ये २१ जनाको मृत्यु भइसकेको छ । मृतक सबैले जेइ खोप नलगाएका पाइएको छ ।

जेइका ‘केस’ (बिरामीको अवस्था) हालसम्म सबैभन्दा बढी झापामा १०, कैलाली र मोरङमा सात-सात, सप्तरी र कञ्चनपुरमा छ–छ तथा चितवन, सुनसरी र नवलपरासीपूर्वमा पाँच-पाँच रहेका छन् । मुख्यतः तराई तथा भित्री मधेसका जिल्लामा केन्द्रित भए पनि इलाम, काभ्रेपलाञ्चोक, काठमाडौँ, सिन्धुली, सुर्खेतलगायत पहाडी जिल्लामा जेइ पुष्टि भएको प्रतिवेदनले जनाएको छ ।

जापानिज इन्सेफलाइटिस मुख्यतः सङ्क्रमित क्युलेक्स जातको लामखुट्टेको टोकाइबाट सर्दछ । धेरै बिरामी धानखेत तथा सुँगुरपालन गरिने क्षेत्रमा बसोबास गर्नेमा यसको सङ्क्रमण देखिएको स्वास्थ्य सेवा विभागले जनाएको छ । सङ्क्रमित जनावर जस्तै सुँगुर, बङ्गुर, हाँसलाई टोकेको लामखुट्टेले मानिसलाई टोक्दा मानिसमा भाइरस सर्न सक्छ । जेइको सङ्क्रमण भएका प्रत्येक तीन जनामध्ये एक जनाको मृत्यु हुने र एक जना दीर्घकालीन अपांगता वा स्नायुसम्बन्धी समस्यासहित बाँच्नुपर्ने तथ्यांक छ ।

साथै उच्च ज्वरो, टाउको दुख्ने, बेहोस हुने, झट्का आउने वा चेतनामा परिवर्तनजस्ता लक्षण देखिएमा घरेलु उपचारमा समय खेर नफाली उपचारका लागि तत्काल नजिकैको स्वास्थ्य संस्था लैजानसमेत महाशाखाले अनुरोध गरेको छ । पछिल्लो तथ्यांकअनुसार ८० जनामा पुष्टि भएकामध्ये ५१ अर्थात् ६४ प्रतिशत १५ वर्षभन्दा माथिका छन् । जेइका कारण भएका मृत्युमा ५० वर्षभन्दा माथिका व्यक्तिको हिस्सा ८१ प्रतिशत रहेको छ । यस वर्ष हालसम्म पुष्टि भएका ८० बिरामीमा पुरुष ४३ र महिला ३७ जना छन् ।

जापानिज इन्सेफलाइटिसबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नुपर्ने भन्दै रोगबाट सुरक्षित हुने यो प्रभावकारी उपचार भएको विभागको भनाइ छ । यो रोगबाट सुरक्षित हुन जेइ खोप लगाउनुका साथै लामखुट्टेको टोकाइबाट बच्नुपर्ने विभागले जनाएको छ । सरकारले जेइ खोप १२ महिनाको उमेरका बालबालिकालाई लगाउने गर्दछ । 

यदि छुटेको भएमा पाँच वर्षको उमेरसम्मका बालबालिकालाई जेइ खोप लगाइन्छ । परिवार कल्याण महाशाखाअन्तर्गतको बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा अभियान गौतमले यो रोगबाट बच्न खोप अनिवार्य रहेको बताउँदै छुटेकालाई शीघ्र खोप लगाउन आग्रह गरेको छ । 

0 Comments