काठमाडौँ । संयुक्त अरब इमिरेट्स (युएई) ले नेपालमा बुधबार गएको बाढीपहिरोप्रति दुःख व्यक्त गर्दै यस घडीमा नेपालको साथमा रहेको जनाएको छ ।
युएईको विदेश मन्त्रालयले एक प्रेस विज्ञप्ति जारी गर्दै प्राकृतिक विपत्तिका कारण देशमा दर्जनौँ मानिसको मृत्यु भएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनप्रति समवेदना व्यक्त गरेको छ ।
सो विज्ञप्तिमा पीडित परिवारहरूप्रति सहानुभूति व्यक्त गर्दै घाइते सबैको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।






