२ कार्तिक २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चीनको आर्थिक वृद्धिमा चुनौती

अ अ+ अ-

एजेन्सी । घरेलु मागमा कमी र विश्वव्यापी ऊर्जा संकटको असरका कारण चीनको आर्थिक वृद्धिदर यस वर्ष सरकारी लक्ष्यभन्दा तल रहने अनुमान गरिएको छ । निर्यातमा वृद्धि भए पनि घरजग्गा क्षेत्रको संकट र उपभोक्ताको कमजोर खर्च गर्ने प्रवृत्तिले अर्थतन्त्रमा दबाब बढाएको छ ।

एएफपीले अर्थशास्त्रीहरूबीच गरेको सर्वेक्षणअनुसार जुलाईदेखि सेप्टेम्बरसम्म चीनको अर्थतन्त्र ४.४ प्रतिशतले विस्तार हुने अनुमान छ । दोस्रो त्रैमासिकमा वृद्धिदर ४.३ प्रतिशत थियो । चीनले यस वर्ष ४.५ देखि पाँच प्रतिशतसम्म आर्थिक वृद्धि गर्ने लक्ष्य राखेको छ ।

हुटोङ रिसर्चकी अर्थशास्त्री गुओ शानले निर्यात मात्रै अर्थतन्त्रको बलियो पक्ष बनेको बताएका छन् । उनका अनुसार घर खरिदमा अनुदान र पूर्वाधार लगानी बढाउने सरकारी उपाय पर्याप्त नहुन सक्छन् । ऊर्जा लागत वृद्धिका कारण अन्तर्राष्ट्रिय मुद्राकोषले पनि चीनको वार्षिक आर्थिक वृद्धिको अनुमान घटाएर ४.५ प्रतिशतमा झारेको छ ।

कम्प्युटर, अर्धचालक र कृत्रिम बौद्धिकता (एआई) सम्बन्धी उपकरणको विश्वव्यापी मागले चीनको निर्यात बढाएको छ । तर बढ्दो व्यापार बचतले अमेरिका र युरोपेली संघ (इयु) सँग तनाव बढाएको छ । चीनले घरेलु उद्योगलाई दिने अनुदानले विदेशी बजारमा अनुचित प्रतिस्पर्धात्मक लाभ दिएको आलोचना पनि हुँदै आएको छ ।

अर्थशास्त्रीहरूका अनुसार चीनले निर्माण, घरजग्गा र निर्यातमा निर्भर अर्थतन्त्रलाई घरेलु उपभोगमा आधारित दिगो विकासतर्फ लैजान आवश्यक छ । तर घरेलु माग कमजोर रहँदा चिनियाँ उत्पादकहरू नयाँ बजार खोज्दै विदेशतर्फ केन्द्रित भइरहेका छन् ।

0 Comments