११ भाद्र २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रसुवामा बाढीले ४० किलोमिटर सडक क्षतिग्रस्त, ४१ पुलमा क्षति

अ+ अ-

काठमाडौँ। भोटेकोशी नदीमा आएको बाढीले रसुवाको सडक पूर्वाधारमा ठूलो क्षति पुर्‍याएको छ। पूर्वाधार विकास मन्त्रालयका अनुसार वेत्रावती-मैलुङ-स्याफ्रुबेँसी हुँदै रसुवागढी जोड्ने करिब ४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त भएको छ।

त्यसैगरी गल्छीदेखि त्रिशूलीसम्मको करिब १० किलोमिटर सडकसमेत अवरुद्ध भएको मन्त्रालयले जनाएको छ। पृथ्वीराजमार्गको करिब १३ किलोमिटर खण्ड लेदोले पुरिएकाले तत्काल लेदो हटाएर यातायात सञ्चालन गर्ने कार्यलाई प्राथमिकतामा राखिएको छ।

बाढीबाट ४१ वटा पुल पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। सडक सम्पर्क पुन:स्थापनाका लागि सरकारले आफूसँग रहेका ५० मिटरसम्म लम्बाइका सातवटा बेलिब्रिजमध्ये आवश्यक स्थान पहिचान गरी जडान प्रक्रिया अघि बढाएको छ। भारत र चीन सरकारबाट पनि आवश्यक बेलिब्रिज तत्काल उपलब्ध गराउने प्रतिबद्धता प्राप्त भएको मन्त्रालयले जनाएको छ।

सरकारले पहिलो प्राथमिकतामा पृथ्वीराजमार्ग सञ्चालनमा ल्याउने र त्यसपछि रसुवालाई पुनः सडक सञ्जालसँग जोड्ने रणनीतिअनुसार काम अघि बढाएको छ। यसक्रममा वेत्रावतीमा बेलिब्रिज जडान गर्ने तयारी भइरहेको छ।

वेत्रावतीसम्मको सडक सञ्चालनमा नआएसम्म धुन्चे हुँदै स्याफ्रुबेँसीतर्फ आवागमन सम्भव नहुने मन्त्रालयले स्पष्ट पारेको छ। त्यसैले सडक सम्पर्क पुन:स्थापनाको प्रारम्भिक प्राथमिकता वेत्रावती खण्डलाई दिइएको छ।

सडक खुलाउने कामलाई गति दिन सरकारी निकायबाट उपलब्ध १० र निजी क्षेत्रबाट प्राप्त १० गरी २० वटा निर्माण उपकरण परिचालन गरिएको छ। क्षतिग्रस्त सडक तथा पुलको पुन:निर्माण र यातायात सेवा पुन:सञ्चालनलाई केन्द्रमा राखेर पूर्वाधार विकासका काम तीव्र पारिएको मन्त्रालयले जनाएको छ।

0 Comments