१३ भाद्र २०८३, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

धुन्चेमा अलपत्र यात्रुलाई स्थलमार्गबाट उद्धार गर्न सुरु

अ+ अ-

भक्तपुर । यही भदौ १० मा रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण धुन्चेमा अलपत्र व्यक्तिलाई स्थलमार्गबाट पनि उद्धार गर्न सुरुआत गरिएको छ । 

धुन्चेमा रहेका तीर्थयात्री, पर्यटक एवं सर्वसाधारणलाई बागमती प्रदेश सरकारले वैकल्पिक मार्ग प्रयोग गरी काठमाडौँ उपत्यका ल्याउने व्यवस्था मिलाएको हो । यसका लागि मुख्यमन्त्री किरण थापा मगरले समन्वय गरेका थिए । 

मुख्यमन्त्री थापाले भने, “धुन्चेमा रोकिएका सर्वसाधारणलाई हामीले त्यहीँ खाना खुवाउने व्यवस्था गरेका छौँ, खाना खुवाइसकेपछि उहाँहरूलाई मोटरमार्फत महावीरसम्म पुर्‍याउने र महावीरबाट करिब एक घण्टा पैदल हिँडेपछि चौगटी पुर्‍याएर त्यहाँबाट पुनः सवारीसाधनमार्फत काठमाडौँ पठाउने कार्य गरेका छौँ ।” उनले उद्धारका पर्खाइमा रहेका अलपत्र यात्रुलाई प्रदेश सरकारले नि:शुल्क बसको व्यवस्था गरेर काठमाडौँ आइपुग्न सक्ने अवस्था गरेको बताए । 

धुन्चेसँगै चौगटीमा सर्वसाधारणका लागि खानाको व्यवस्था प्रदेश सरकारले नै मिलाएको उनले जानकारी दिए । त्यसैगरी वागमती प्रदेश सरकारले त्रिशूली पारिको क्षेत्रमा अवरुद्ध रहेको मध्यपहाडी लोकमार्ग मरमतलाई गरेर यातायात सञ्चालनमा ल्याउने प्रयास थालनी गरेको बताए। उक्त सडक सञ्चालनमा आएपछि रसुवालगायत प्रभावित क्षेत्रका सर्वसाधारणले वैकल्पिक रूपमा सोही मार्ग प्रयोग गरी काठमाडौँ आउन सक्ने जनाइएको छ ।

 सडक सञ्जालसँग पुनः जोडियो

भोटेकोशी नदीमा बुधबार बिहान आएको अचानक बाढीका कारण अवरुद्ध भएको रसुवाको सडक सञ्जाल पुनः सञ्चालनमा आएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार काठमाडौँ–टोखा–छहरे–गड्खारपुल–आप्र–नर्जा–लच्याङ–सरमथली–पाटीखर्क हुँदै बोगटीटार–कालिकास्थान–धुन्चेसम्मको सडकखण्डमा चारपाङ्ग्रे साना सवारीसाधन सञ्चालन हुने गरी सुचारु भएको हो।

सडकखण्ड सञ्चालनमा आएसँगै रसुवा पुनः सडक सञ्जालसँग जोडिएको प्राधिकरणले जनाएको छ। सडक सम्पर्क पुन:स्थापित भएपछि बाढी प्रभावित क्षेत्रमा राहत, उद्धार तथा अत्यावश्यक सामग्री पुर्‍याउन सहज हुने अपेक्षा गरिएको छ।

0 Comments