१३ भाद्र २०८३, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

परराष्ट्र मन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङबीच टेलिफोन वार्ता

अ+ अ-

काठमाडौँ । परराष्ट्र मन्त्री शिशिर खनाल र चीनका विदेशमन्त्री वाङ यीबीच शनिबार टेलिफोन वार्ता भएको छ ।

वार्ताका क्रममा दुवै नेताले रसुवा–जिलोङ बन्दरगाह क्षेत्रको विनाशकारी बाढीबाट दुवै देशमा भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरे ।

दुवै नेताबीच बाढी प्रभावित क्षेत्रमा जारी खोज, उद्धार तथा राहत कार्यका विषयमा छलफल भयो । साथै, चीनमा बाढीका कारण अलपत्र परेका नेपाली नागरिकको स्वदेश फिर्ती तथा उद्धारका विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।

परराष्ट्र मन्त्री खनालले विपद्को यस कठिन घडीमा चीन सरकारले उपलब्ध गराएको आकस्मिक मानवीय राहत तथा सहयोगप्रति चिनियाँ विदेशमन्त्री वाङमार्फत चीन सरकारलाई धन्यवाद व्यक्त गरे ।

वार्तामा नेपाल र चीनबीच वास्तविक समयका जल तथा मौसमसम्बन्धी तथ्यांक आदानप्रदानलाई थप प्रभावकारी बनाउने विषयमा छलफल भएको थियो । दुवै पक्षले भविष्यमा यस्ता विपद्का जोखिम न्यूनीकरण गर्न प्रभावकारी पूर्व सूचना प्रणाली विकास तथा दुई देशबीचका विद्यमान संयन्त्रलाई थप सुदृढ गर्ने विषयमा सहकार्य बढाउनेमा जोड दिएका छन् ।

नेपाल र चीनबीच विपद् व्यवस्थापन, सूचना आदानप्रदान तथा पूर्व सूचना प्रणालीलाई थप प्रभावकारी बनाउन निरन्तर समन्वय र सहकार्य गर्ने विषयमा दुवै पक्षबीच कुराकानी भएको थियो ।

0 Comments