१४ भाद्र २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अन्तहीन पर्खाइ: शवगृहका ढोकाहरूमा आफन्तको शव खोज्दै बाढीपीडित परिवार

अ+ अ-

काठमाडौँ । “त्यो बिहान ८:४४ मिनेट जाँदा फोनमा कुरा हुँदै थियो । उताबाट अचानक आवाज आयो  ‘बाढी आयो’ भागौँ, भागौँ !’ त्यसपछि एकाएक फोन काटियो”, काभ्रेपलाञ्चोक भुम्लुकी संगीता रिजालले जिन्दगीभर नबिर्सने गरी गडेको त्यो पल सम्झँदै भनिन् । भदौ १० गते रसुवागढीमा आएको विनाशकारी बाढीपछि उनका श्रीमान् राजकुमार रिजाल सम्पर्कविहीन छन् ।

त्यस दिनदेखि संगीताको दैनिकी बदलिएको छ । श्रीमान् जीवितै फर्कने सानो आशा बोकेर उनी काठमाडौँका टिचिङ, ट्रमा सेन्टर र वीर अस्पतालदेखि चितवनको भरतपुर अस्पतालसम्म भौँतारिइरहेकी छन् । अस्पतालका ढोका र शव गृहहरूमा श्रीमानको अनुहार खोज्दा पनि कुनै जानकारी नपाएको उनले बताइन् । आज चितवन उद्योग परिसरमा भेटिएकी संगीताले मलिन अनुहार बनाउँदै भनिन्, “चितवनका अस्पतालमा धेरै शवहरू ल्याइएका छन् भनेपछि यहाँसम्म आएका हौँ, तर चिन्न सक्ने अवस्था छैन ।”

यस्तै पीडा नुवाकोटकी मेनुका न्यौपानेको पनि छ । रसुवागढी क्षेत्रमा सवारी चलाउने उहाँका श्रीमान् प्रमोद भट्टराईसँगै भिनाजु र भान्जाहरू गरी एकै परिवारका सात जना सोही दिनदेखि सम्पर्कविहीन भएका छन् । एउटै ठाउँमा बस्ने र एउटै क्षेत्रमा काम गर्ने पूरै टोली एकाएक हराएपछि परिवारसँग कहिले भेट्ने हो भन्ने थाहा नभएका सन्नाटा छाएको छ । 

मेनुकाले भनिन् “काठमाडौँका सबै अस्पताल र एयरपोर्टसम्म पुग्यौँ, कतै केही खबर पाइएन ।  पोखरा र गोर्खातिर साथीहरू खोज्न जानुभएको छ, म भने काठमाडौँदेखि चितवनसम्म शवगृह हेर्दै हिँडिरहेकी छु ।” रसुवागढीको कठिन भूगोल र जंगलतिर अझै पनि मानिसहरू उद्धारको पर्खाइमा हुन सक्ने आशंका गर्दै उहाँहरूले खोजी कार्य विस्तार गरिदिन पीडितका परिवारले सरकारसँग आग्रह गरिन् ।

भरतपुर महानगरपालिका–१० स्थित भरतपुर अस्पताल नजिकै रहेको चितवन उद्योग परिसर र नजिकैको चितवन औद्योगिक व्यवसाय विकास प्रतिष्ठानको भवन गत बुधबारदेखि पीडाको केन्द्रजस्तै बनेको छ । भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण नदी तटीय क्षेत्रमा धेरै शवहरू भेटिएपछि स्थानीय प्रशासनलाई भरतपुर अस्पतालमा शव व्यवस्थापन गर्न कठिन भएको थियो ।

अस्पताल परिसरमा आफन्त गुमाएकाहरूको रोदन र सम्पर्कविहीन आफन्तसँग सम्पर्क हुने आश, आँखामा आँसुसँगै अन्तहीन पर्खाइमा परिवार छन् । एकातिर एकै पटक धेरै शवहरू संकलन हुँदा राख्ने ठाउँकोसमेत अभाव भयो । अन्ततः प्रतिष्ठानको खाली भवनलाई अस्थायी शव व्यवस्थापन कक्ष बनाइयो । तर प्राविधिक कारणले सोचेजस्तो सहज भएन । बाढीबाट निकालिएका शवहरू गलेका हुनु, लगातार प्राविधिक समस्या आउनु र शीतभण्डारणको अभावले गर्दा दुर्गन्ध बाहिरसम्मै फैलन थालेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

भरतपुरका अस्पतालहरूमा जम्मा ३० वटा शव राख्ने क्षमता भए पनि हालसम्म २७२ वटा शव प्राप्त भइसकेका छन् । प्राप्त शवमध्ये १० वटा मात्रै आफन्तले जिम्मा लिएका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिए । सम्भावित स्वास्थ्य सङ्क्रमण र स्वास्थ्य जोखिमलाई ध्यानमा राख्दै स्थानीय प्रशासनले पहिचान हुन नसकेका शवहरूलाई देवघाटको जंगलमा लगेर वैज्ञानिक विधिअनुसार नम्बरिङ गरी सुरक्षित रूपमा माटोमा राख्न सुरु गरेको छ ।

प्रमुख जिल्ला अधिकारी अर्यालका अनुसार यो प्रक्रिया ‘अन्तिम संस्कार’ नभई पहिचान नहुन्जेलका लागि अपनाइएको ‘अस्थायी व्यवस्थापन’ मात्र हो । विपद्का कारण उत्पन्न जटिल परिस्थिति र सम्भावित महामारीको जोखिमलाई ध्यानमा राख्दै अन्तरराष्ट्रिय मापदण्ड (आइसीआरसी) र सरकारी निर्देशिका अनुसार नै यो कदम चालिएको उनले स्पष्ट पारे ।

चितवन प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार प्रत्येक शवको फोटो, ट्याग नम्बर र डिएनए नमुना संकलन गरी शव सुरक्षित राख्ने उद्देश्यले व्यवस्थापन सुरु गरिएको हो । शनिबार मात्रै सिन्धुपाल्चोकका एक पीडित परिवारले देवघाटमा व्यवस्थापन गरिएको शव पहिचान गरेपछि सहमतिमा त्यहीँ अन्तिम संस्कार गर्न लागिएको प्रहरीले जनाएको छ ।

शवहरूलाई सुरक्षित रूपमा देवघाटको जंगलमा राख्न थालिएपछि अस्पताल परिसरको वातावरण केही सामान्य त बनेको छ, तर नदी किनारमा अझै शवहरू भेटिने र आफ्ना मान्छेको खोजीमा आफन्तहरू आउने क्रम भने रोकिएको छैन ।

पहिचान केन्द्रमा देखाइएका डिस्प्लेका फोटो, भित्तामा टाँगिएका हुलिया, हुलिया पुस्तिका र शवगृहका दृश्यहरूले आफन्तको मुटु काँप्छ । काठमाडौँदेखि चितवनसम्म भौँतारिइरहेका संगीता र मेनुका जस्ता कैयौँ पीडितहरू अझै पनि एउटै आशा र प्रार्थनामा टिकेका छन् ‘जसरी भए पनि हाम्रा मान्छेहरू सकुशल घर फर्किउन’ ।

0 Comments