१६ भाद्र २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मन्त्री श्रेष्ठले भने : ‘भोटेकोशी बाढीले आगामी दिनमा जलवायु अनुकूलनयुक्त संरचना निर्माण गर्नुपर्ने पाठ सिकायो’

अ+ अ-

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले भोटेकोशी बाढीले आगामी दिनमा जलवायु अनुकूलनयुक्त संरचना निर्माणमा जोड दिनुपर्ने पाठ सिकाएको बताएका छन् ।

मंगलवार सिंहदरबास्थित मन्त्रालय स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान)का पदाधिकारीहरूसँगको छलफल तथा सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले जलवायुजन्य विपद्को सामना गर्न सक्ने तथा भौगोलिक बनावटलाई समेत मध्यनजर गरेर पूर्वाधार निर्माण गर्नुपर्ने अबको आवश्यकता रहेको बताए । उनले भोटेकोशी-त्रिशूली करिडोरको भौगोलिक बनावट र प्रतिकूल मौसमी अवस्थाका कारण विपद्को जोखिम उच्च रहेको उल्लेख गर्दै देशका अन्य मुख्य करिडोरमा पनि यस्तै बाढी आए ठूलो क्षति हुनसक्ने समेत बताए ।

मन्त्री श्रेष्ठले अब पूर्वाधार निर्माण गर्दा जलवायु परिवर्तनका सम्भावित प्रभावलाई पूर्वानुमान गरी त्यसअनुसार संरचना निर्माण निर्माण गर्नुपर्ने बताए। उनले विपद्का समयमा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले सरकारसँग गरेको समन्वय र सहकार्यको प्रशंसा गर्दै नीतिगत सुधार र भविष्यका सम्भावनाको खोजीमा समेत सहकार्य आवश्यक रहेको बताए । उनले विपद्को समयमा सबै पक्ष एकजुट भएको सन्देश राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा दिनुपर्नेमा समेत जोड दिए। उनले सरकारले जलविद्युत आयोजनाका सुरुङ तथा टनेलमा फसेका नागरिकको खोज तथा उद्धारलाई प्राथमिकतामा राखेको उल्लेख गर्दै विपद्का बेला राज्यको व्यवहार सबैप्रति समान रहेको दाबी गरेका छन्।

उनले विपद्को समयमा सरकार नागरिकसँगै छ भन्ने विश्वास दिलाउन सफल भएको दाबी पनि गरेका छन्।

0 Comments