२१ भाद्र २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पीडितकेन्द्रित पुनर्निर्माण’ मा ध्यान दिन सरकारलाई अर्जुननरसिंह केसीको आग्रह

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका नेता एवं सांसद अर्जुननरसिंह केसीले भोटेकोशीबाढीबाट भएको जनधनको क्षतिप्रति चिन्ता व्यक्त गर्दै सरकारलाई राहत र पुनर्निर्माणमा प्रभावकारी कदम चाल्न आग्रह गरेका छन् ।

आइतबार पार्टी केन्द्रिय कार्यालयमा आयोजित केन्द्रिय कार्यसम्पादन समितिको बैठकमा बोल्दै उनले विपद् व्यवस्थापनमा सरकारको कार्यशैली र समन्वयको अभावप्रति टिप्पणी गरेका हुन् । 

नेता केसीले नुवाकोट, रसुवा र धादिङ लगायतका क्षेत्रमा भएको विनाशलाई ‘हिमाली सुनामी’को संज्ञा दिए । विपद्का समयमा पूर्वसूचना प्रणाली प्रभावकारी हुन नसकेकोमा गुनासो गर्दै नेता केसीले सरकारमा ‘नार्सिसिस्ट साइकोलोजी’ (अहंकारी प्रवृत्ति) हाबी भएको आरोप लगाए । नेपालका २ हजार ३ सय तालतलैयामध्ये २१ वटा हिमताल अत्यन्त जोखिमपूर्ण रहेको र तीमध्ये ४-५ वटा विस्फोटको उच्च खतरामा रहेको बताए ।

यसबारे आफूले डेढ महिनाअघि नै संसदमा ध्यानाकर्षण गराएको स्मरण गराउनु भयो । राज्यले यस्ता जोखिमहरूको वैज्ञानिक आकलन गरी पूर्वतयारी गर्न नसकेको उनको भनाइ छ । 

नेता केसीले विपद् व्यवस्थापनका लागि ‘रेस्क्यु’ (उद्धार), ‘रिलिफ’ (राहत) र ‘रिह्याबिलिटेसन’ (पुनर्स्थापना) गरी तीन वटा पक्षमा केन्द्रित हुनुपर्नेमा जोड दिए । विशेष गरी रसुवा र नुवाकोटका धेरै क्षेत्रहरू सम्पर्कविहीन रहेको उल्लेख गर्दै उनले स्थानीय तह, समुदाय र सरकारबीच एकीकृत समन्वयको खाँचो औँल्याए । उनले आगामी दिनमा ‘स्टेकहोल्डर भिक्टिम ड्रिभन’ (पीडितकेन्द्रित) पुनर्निर्माणको मोडल अपनाउन पार्टी र सरकारलाई सुझाव दिए । 

नेता केसीले भने, ‘हामी आफैँ सक्षम छौँ, विदेशी सहयोग चाहिँदैन भन्ने हिसाबले सरकार प्रस्तुत भयो । विदेशी प्राविधिकहरू सहयोगका लागि तयार हुँदाहुँदै पनि सरकारले अस्वीकार गर्नु र संसदमा प्रधानमन्त्रीले फरक धारणा राख्नुले उद्धार कार्यमा कमजोरी देखिएको छ । अब आगामी दिनमा ‘स्टेकहोल्डर भिक्टिम ड्रिभन’ पुनर्निर्माणको मोडल अपनाउनुपर्छ ।’

विपद्को घडीमा राजनीतिक दलहरूबीच एकता हुनुपर्नेमा जोड दिँदै उनले सरकारले अविलम्ब सर्वदलीय बैठक बोलाउनुपर्ने बताए । साथै, संसद्को तर्फबाट अनुगमन, सुपरिवेक्षण र समन्वय गर्न एक ‘उच्चस्तरीय संसदीय समिति’ गठनको माग समेत गरे । 

0 Comments