२२ भाद्र २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘जलविद्युत् आयोजनामा कार्यरत कर्मचारीको ज्यान जानु राष्ट्रकै लागि अपूरणीय क्षति’ : विमलेन्द्र निधी

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका नेता विमलेन्द्र निधीले प्राकृतिक विपत्तिबाट जलविद्युत् आयोजनामा कार्यरत कर्मचारीले ज्यान गुमाउनु तथा ऊर्जा पूर्वाधारमा पुगेको क्षति मुलुकका लागि गम्भीर र अपूरणीय क्षति भएको बताएका छन्।

जनकपुरमा आयोजित लायन्स क्लबको एक कार्यक्रममा बोल्दै उनले विपत्तिका कारण जलविद्युत् क्षेत्रमा कार्यरत जनशक्तिसमेत प्रत्यक्ष रूपमा प्रभावित भएको उल्लेख गर्दै कर्मचारीको सुरक्षा र जोखिममा परेकाको उद्धारलाई उच्च प्राथमिकतामा राख्नुपर्ने बताए।

देशले सामना गरिरहेको असाधारण प्राकृतिक विपत्तिका बेला राजनीतिक तथा दलीय मतभेदभन्दा माथि उठेर सबै पक्ष मानवीय सहायता र विपद् प्रतिकार्यमा एकताबद्ध हुनुपर्ने उनको भनाइ थियो। उनका अनुसार अहिले राज्यको प्राथमिकता उद्धारमार्फत जोखिममा परेका नागरिक तथा कर्मचारीको जीवन रक्षा गर्नु हुनुपर्छ।

नेपाल प्रहरीको तथ्यांक उद्धृत गर्दै निधीले बाढी पहिरोबाट एक हजार तीन सयभन्दा बढी व्यक्तिको मृत्यु भएको र चार हजार नौ सयभन्दा बढी मानिस अझै सम्पर्कविहीन रहेको जानकारी दिए। मधेस प्रदेशमा मात्र १६२ जना अझै सम्पर्कविहीन रहेको उनले बताए।

विपद्को प्रभाव रसुवाको बेत्रावती, ढुंगे बजारदेखि नुवाकोटका विभिन्न क्षेत्रसम्म गम्भीर रूपमा परेको उल्लेख गर्दै उनले ठुलो मानवीय तथा भौतिक क्षति भएको बताए।

विपद् व्यवस्थापनका क्रममा उद्धार, राहत र पुनर्निर्माणलाई क्रमशः अघि बढाउनुपर्ने निधिको धारणा थियो। पछिल्ला ११ दिनदेखि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल खोज तथा उद्धार कार्यमा निरन्तर खटिरहेको उल्लेख गर्दै उनले सीमित स्रोतसाधनका बाबजुद सुरक्षा निकायले महत्त्वपूर्ण जिम्मेवारी निर्वाह गरेको बताए।

उनले भारत र चीनसहित अन्तर्राष्ट्रिय समुदायबाट प्राप्त सहयोगप्रति आभारसमेत व्यक्त गरे।

जलविद्युत् आयोजनामा कार्यरत कर्मचारीको मृत्यु र आयोजनाका संरचनामा पुगेको क्षतिले ऊर्जा क्षेत्रलाई समेत गम्भीर असर पारेको उल्लेख गर्दै निधीले प्रभावित कर्मचारी, संरचना र आयोजनाको सुरक्षा तथा पुन:स्थापनामा राज्यले विशेष ध्यान दिनुपर्ने आवश्यकता औँल्याए।

0 Comments