२५ भाद्र २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सामाजिक सञ्जालमा नागरिकलाई गाली गर्ने ‘नेटवर्क’हरू प्रधानमन्त्री कार्यालयबाटै चलेको सांसद बिस्टको आरोप

अ+ अ-

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सांसद नरबहादुर विष्टले सरकारसँग राज्य सञ्चालनको स्पष्ट दृष्टिकोण र रणनीतिक कार्यक्रम नभएको भन्दै चर्को आलोचना गरेका छन् ।

राष्ट्रिय सभाको बिहीबारको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले सरकारलाई पाँच वर्षमा के–के काम गर्ने भन्ने कामको खाका समेत रहेको टिप्पणी गरे । उनले उनले सरकार आफ्नो जिम्मेवारीबाट पन्छिँदै कर्मचारी र विगत ३५ वर्षको शासन व्यवस्थालाई दोष दिँदै हिँडिरहेको आरोप पनि लगाए। उनले सरकार सामाजिक सञ्जालमा स्ट्याटस लेख्ने र एक अर्कालाई गाली गर्ने काममा मात्र केन्द्रित भएको आरोप लगाइन् । उनले सामाजिक सञ्जालमा न्याय माग्ने नागरिकमाथि गालीको वर्षा भइरहेको र उक्त गाली गर्ने सञ्जालको नेतृत्व प्रधानमन्त्री कार्यालयबाट भइरहेको आरोप पनि लगाए ।

उनले भने, ‘यो सरकार आफैँलाई कहाँ जाने भन्ने पनि थाहा छैन । राज्य सञ्चालन कसरी गर्ने भन्ने पनि थाहा छैन । कानून पनि पढेका छैनन्, संविधान पनि पढेका छैनन् । दोष कर्मचारीलाई दिन्छन् । दोष विगतको ३५ वर्षलाई दिन्छन् । यिनीहरूसँग न कुनै दर्शन छ, न कुनै राजनीतिक ज्ञान छ । सरकारले पाँच वर्षमा के गर्ने हो ? सुरुवाती दुई वर्षमा के गर्ने हो भन्ने कुनै कार्यक्रम पनि छैन । सरकारको कार्यक्रम के मात्र छ भने स्ट्याटस लेख्ने एक अर्कालाई गाली गर्ने मात्रै छ । नागरिकले न्याय माग्दा समेत हेर्नै नसकिने गरी गालीको वर्षा भइरहेको छ । सत्ताधारी पार्टीका सभापतिज्यूले हिजो कारबाही गर्छौँ भनेर त भन्नुभयो । तर यो प्रधानमन्त्रीको कार्यालयबाट यी नेटकर्वहरु चलिराखेका छन् । गाली गर्न र सिंहदरबार जलाउने संस्कार सिकाएपछि अहिले गाली नगर भन्दा मान्छ त ?’

सत्तारुढ दलले नै गाली गर्न र सिंहदरबार जलाउने संस्कार सिकाएपछि अहिले गाली नगर भन्दा मान्छन् त ? भन्दै प्रश्न समेत गरेका छन्।

0 Comments