२९ भाद्र २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वन अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर

अ+ अ-

काठमाडौँ । सामुदायिक वनको काठ लगत समर्थन तथा लिलाम सहमतिको सिफारिस गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग १५ हजार रुपैयाँ घुस लिएको आरोपमा वन अधिकृत भुवन पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार डिभिजन वन कार्यालय, उदयपुरको योजना शाखाका प्रमुखसमेत रहेका वन अधिकृत (सातौँ) पौडेलविरुद्ध विशेष अदालत काठमाडौँमा आरोप पत्र दायर गरेको हो।

आयोगका अनुसार त्रियुगा नगरपालिका–१० स्थित डिभिजन वन कार्यालयमा कार्यरत पौडेलले सामुदायिक वन उपभोक्ता समितिको काठ लगत समर्थन तथा लिलाम सहमतिको सिफारिस पत्र उपलब्ध गराउन सेवाग्राहीसँग घुस मागेको उजुरी परेको थियो।

उजुरीका आधारमा आयोगको इटहरी कार्यालयबाट खटिएको टोलीले सेवाग्राहीबाट १५ हजार रुपैयाँ लिइसकेको अवस्थामा पौडेललाई नियन्त्रणमा लिएको थियो।

अनुसन्धानका क्रममा पौडेलले सिफारिस गरिदिएबापत घुस माग्दै सेवाग्राहीलाई दुःख-हैरानी दिएको, नियतवश काममा आलटाल गरेको र बदनियतपूर्वक रकम लिएको पुष्टि भएको आयोगको दाबी छ।

आयोगले पौडेलको उक्त कार्यलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर ठहर गर्दै १५ हजार रुपैयाँ बिगो कायम गरेको छ। उनीविरुद्ध सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम कैद तथा बिगो बराबर जरिवानाको माग दाबी गरिएको आयोगले जनाएको छ।

0 Comments