१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

२४ सहसचिवको सरुवा

अ+ अ-

काठमाडौं । नेपाल सरकारले २४ सहसचिवको सरुवा गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा विभिन्न मन्त्रालय, आयोग, प्रदेश तथा स्थानीय तहमा कार्यरत सहसचिवको सरुवा गरेको हो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार अर्थ मन्त्रालयका डा. नारायणप्रसाद रेग्मीलाई श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, परराष्ट्र मन्त्रालयका मधु कुमार मरासिनीलाई उद्योग मन्त्रालय, उद्योगका शिवराम न्यौपाने र संघीय मामिलाका ज्ञानराज सुवेदीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग, संघीय मामिलातथा सामान्य प्रशासन मन्त्रालयका प्रेमप्रसाद भट्टराईलाई ललितपुर महानगरपालिका, ललितपुर महानगरपालिकाका हरिप्रसाद दाहाललाई प्रदेश १ को सामाजिक विकास मन्त्रालय, घोराही उपमहानगरपालिकाका चक्रपाणि पाण्डेलाई धनगढी उपमहानगरपालिका, कलैया उपमहानगरपालिकाका डा. टोकराज पाण्डेलाई काठमाडौं महानगरपालिकामा सरुवा गरिएको छ।

त्यसैगरी धनगढी उपमहानगरपालिकाका शन्तबहादुर सुनारलाई घोराही उपमहानगरपालिका, प्रदेश ७ का मुख्यमन्त्री कार्यालयका पिताम्बर घिमिरेलाई राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणमा, प्रदेश सभा सचिवालय सुर्खेतका राजेश पौडेललाई गृहमन्त्रालय, वाली विकास निर्देशनालयका डा. विमल थापालाई गण्डकी प्रदेशको कृषि विकास निर्देशनालयमा, राष्ट्रिय सुन्तला वाली विकास कार्यक्रमका डा. शान्ता कार्कीलाई प्रदेश ५ को कृषि विकास निर्देशनालय, कृषि वस्तु निर्यातका कञ्चनराज पाण्डेलाई कर्णाली प्रदेशको कृषि विकास निर्देशनालयमा, क्षेत्रीय कृषि तालिम केन्द्रका वासुदेव काफ्लेलाई प्रदेश ३ को कृषि तालिम केन्द्रमा सरुवा गरिएको छ।

त्यस्तै भूमी व्यवस्था मन्त्रालयकी सावित्री बराललाई गण्डकी प्रदेशको कृषि व्यवसाय प्रवद्र्धन तालिम केन्द्र, बजार अनुसन्धान तथा व्यवस्थापन कार्यक्रम हरिहरभवनकी जानुका पण्डितलाई कृषि विकास निर्देशनालय हेटौडा, क्षेत्रीय कृषि तालिम केन्द्र पोखराका रबिन्द्रबहादुर प्रधानलाई कृषि विकास निर्देशनालय कैलाली, भूमी व्यवस्था मन्त्रालयका वेनुप प्रसाईलाई प्रदेश १ को कृषि विकास निर्देशनालयमा सरुवा गरिएको सामान्य प्रशासन मन्त्रालयले जनाएको छ।

मन्त्रालयले इञ्जिनियरिङ सेवातर्फ काठमाडौं महानगरपालिकाका ईश्वरचन्द्र महरहटठालाई प्रदेश ४ को भौतिक पूर्वाधार मन्त्रालयमा, प्रदेश ४ को भौतिक पूर्वाधार सचिव भरतप्रसाद अर्याललाई काठमाडौं महानगरपालिकामा र ७ नम्बर प्रदेशका भौतिक पुर्वाधार सचिव राजनराज पाण्डेलाई खानेपानी मन्त्रालयमा सरुवा गरिएको छ भने शिक्षा सेवाका अम्विका प्रसाद रेग्मीलाई शिक्षा मन्त्रालयबाट भाषा आयोगमा सरुवा गरिएको छ।

प्रतिक्रिया दिनुहोस