७ आश्विन २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘अनलाइन गेम’ खेलाएको आरोपमा पक्राउ

अ+ अ-

बाँके । बाँकेको कोहलपुरमा रहेको होटेल म्याक्समा ‘अनलाइन गेम’ (सट्टेबाजी)खेलाएको आरोपमा प्रहरीले आज ४० जना भारतीय नागरिकसहित ४२ जनालाई पक्राउ गरेको छ ।

पक्राउ परेकामध्ये अन्य दुई जना नेपाली रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनीहरुका साथबाट प्रहरीले २८ थान ल्यापटप र ७८ थान विभिन्न कम्पनीका मोबाइल बरामद गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रतितसिंह राठौरले जानकारी दिए ।

उनले कहिलेदेखि खेल खेलाएको, कसरी खेलाएको र कति गेम खेलाइएको भन्ने विषयमा अनुसन्धान जारी रहेको बताए । पक्राउ परेका सबै जनालाई जिल्ला प्रहरी कार्यालयको नेपालगन्जस्थित हिरासतम राखिएको छ ।

बाँकेमा १५२ मुद्दा दर्ता
जिल्ला प्रहरी कार्यालयले गत भदौ महिनामा अपराध अनुसन्धान तथा नियन्त्रणलाई प्राथमिकता दिँदै विभिन्न प्रकृतिका १५२ मुद्दा दर्ता गरेका छ । जिल्ला प्रहरी कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार दर्ता भएका मुद्दामध्ये जघन्य तथा गम्भीर प्रकृतिका अपराध, महिला–बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित र आर्थिक अपराधका घटनासँग सम्बन्धित छन् ।

प्रहरीका अनुसार सात वटा जघन्य र ५१ वटा गम्भीर प्रकृतिका अपराधसँग सम्बन्धित मुद्दा छन् । त्यस्तै ९४ वटा सामान्य प्रकृतिका अपराधका मुद्दा दर्ता भएका छन् । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित १८ वटा घटना दर्ता भएकामा त्यसमा संलग्न १५ जना पक्राउ परेको उनले बताए ।

त्यसैगरी, आर्थिक अपराधसम्बन्धी २६ वटा घटना दर्ता भएका थिए । अपराध अनुसन्धान तथा नियन्त्रणतर्फ प्रहरीले चालु मुद्दाका १३७ जना प्रतिवादी पक्राउ गरेको छ । 

0 Comments