८ आश्विन २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पूर्व प्रधानाध्यापक थापाद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण

अ+ अ-

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-२ सोल्माको मुडेस्थित सिद्धेश्वरी आधारभूत विद्यालयका ६२ जना विद्यार्थीलाई ‘ट्र्याकसुट’ प्रदान गरिएको छ ।

विद्यालयका पूर्व प्रधानाध्यापक बिन्दा थापाले बुधबार बाल विकास केन्द्रदेखि कक्षा– ८ सम्मका विद्यार्थीलाई व्यक्तिगत खर्चमा न्यानो कपडा प्रदान गरेकी हुन् ।

शिक्षण पेसाबाट अनिवार्य अवकाश लिएकी पूर्व प्रधानाध्यापक थापाले रु. एक लाख २३ हजार ५०० बराबरको ट्रयाकसुट विद्यार्थीलाई वितरण गरेको विद्यालय प्रशासनले जानकारी दिएको छ । विद्यार्थीलाई शिक्षाप्रति आकर्षित गर्नुका साथै शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा प्रोत्साहन गर्ने उद्देश्यले न्यानो कपडा वितरण गरिएको  पूर्व प्रधानाध्यापक थापाले बताइन् । 

 आवश्यक पोसाक तथा शैक्षिक सामग्रीको अभाव हुँदा नियमित विद्यालय उपस्थितिमा असर पर्न सक्ने भएकाले आफूले व्यक्तिगत खर्चमा ट्रयाकसुट प्रदान गरेको पूर्व प्रधानाध्यापक थापाले जानकारी दिइन् ।

 “अरूले विद्यार्थीलाई आवश्यक सामग्री तथा पोसाक उपलब्ध गराइदिने भन्दै आश्वासन मात्रै दिन गरेका थिए । आश्वासनमा मात्र सीमित नरही आफ्नै व्यक्तिगत खर्चमा विद्यार्थीलाई ट्र्याकसुट उपलब्ध गराएकी हुँ”, उनले भनिन्, “आगामी दिनमा पनि विद्यालय र विद्यार्थीका लागि आफूले सकेको सहयोग गर्छु । मेरो सानो सहयोगले उनीहरूको शैक्षिक उन्नयनमा थोरै भए पनि हौसला मिल्ने अपेक्षा गरेकी छु ।”

विद्यालय प्रशासनका अनुसार आर्थिक अवस्था कमजोर भएका परिवारका बालबालिकालाई पोसाक तथा शैक्षिक सामग्री जुटाउन कठिन हुने भएकाले यस्तो  सहयोगले प्रत्यक्ष राहत पुग्नेछ ।  पूर्व प्रधानाध्यापक थापाले सो विद्यालयमा ३४ वर्ष सेवा गरेका थिए । उनले १४ वर्ष प्रधानाध्यापकको जिम्मेवारी सम्हालेका थिए । 

0 Comments