८ आश्विन २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ प्रक्रिया शुरु, दशैँ अगावै नियुक्ति टुंग्याउने समितिको तयारी

अ+ अ-

काठमाडौँ । संसदीय सुनुवाइ समितिले सरकारले विभिन्न १३ मुलुकका लागि सिफारिस गरेका प्रस्तावित राजदूतहरूको सुनुवाइ प्रक्रिया औपचारिक रूपमा अघि बढाएको छ ।

बिहीवार बसेको समितिको बैठकले प्रस्तावित राजदूतहरूको योग्यता, कार्य योजना र उनीहरूविरुद्ध आउन सक्ने उजुरीलाई आधार बनाएर सुनुवाइ प्रक्रियालाई दशैँअगावै सम्पन्न गर्ने गरी कार्यतालिका तय गरेको हो । समितिका सभापति वोधनारायण श्रेष्ठकाअनुसार सुनुवाइ प्रक्रियालाई प्रभावकारी र छिटो बनाउन तीन वटा समानान्तर आधारहरूमा काम गरिनेछ । जसमा प्रस्तावित राजदूतहरूको शैक्षिक योग्यता र बायोडाटा, उनीहरूले प्रस्तुत गर्ने कार्य योजना र नागरिक तहबाट प्राप्त हुने उजुरीहरू समावेश छन् । समितिले यी विषयहरूको अध्ययन कार्यलाई तीव्रता दिएको छ ।

बैठकले सुनुवाइ प्रक्रियालाई पारदर्शी बनाउन सार्वजनिक सूचना जारी गरी १० दिने म्याद दिने निर्णय गरेको छ । यसअनुसार आगामी १९ गतेसम्म उजुरी आह्वान गरिनेछ र २० गते बस्ने अर्को बैठकमा प्राप्त उजुरीहरूको अध्ययन तथा थप प्रक्रियाबारे छलफल हुनेछ । समितिले प्रस्तावित राजदूतहरूबाट नतिजामुखी कार्य योजनासमेत माग गर्ने निर्णय गरेको छ ।

संसदीय सुनुवाइ प्रक्रिया सम्पन्न भएपछि समितिले अनुमोदन गरेका नामहरू सरकारले सम्बन्धित मुलुकमा ‘एग्रिमो’ (सहमतिका लागि) पठाउनेछ । सम्बन्धित मुलुकबाट एग्रिमो प्राप्त भएसँगै राष्ट्रपतिबाट राजदूतको नियुक्ति हुने संवैधानिक व्यवस्था छ । सरकारले भारत, चीन, अमेरिका, बेलायत, जापान, इजरायल, स्पेन, जर्मनी, ओमान, मलेसिया, दक्षिण कोरिया, श्रीलंका र साउदी अरेबियाका लागि विभिन्न क्षेत्रका विज्ञ तथा व्यक्तित्वहरूलाई राजदूतमा सिफारिस गरेको थियो ।

भारतका लागि डा. निश्चलनाथ पाण्डे र चीनका लागि डा. कल्याणराज शर्मा, संयुक्त राज्य अमेरिकाका लागि चिरनजंग थापा, यूके (संयुक्त अधिराज्य) का लागि पूर्व प्रधानसेनापति गौरव शमशेर जंगबहादुर राणा, जापानका लागि जिज्ञानकुमार थापा, इजरायलका लागि सुरेशकुमार कर्ण, स्पेनका लागि प्राप्ति शेरचन, जर्मनीका लागि शरू जोशी र ओमानका लागि डा. पद्माक्षी राणालाई सिफारिस गरेको थियो ।

मलेसियाका लागि चूडामणि खरेल, दक्षिण कोरियाका लागि प्रा. डा. संगम श्रेष्ठ, श्रीलंकाका लागि डा. मञ्चला झा र साउदी अरेबियाका लागि गिरीबहादुर सुनारलाई राजदूतका रूपमा सिफारिस गरेको थियो ।

0 Comments