८ आश्विन २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

महिला कबड्डीमा नेपाल सेमिफाइनलमा, पदक पक्का

अ+ अ-

काठमाडौँ । नेपाली महिला कबड्डी टोली २०औँ एसियन गेम्सको सेमिफाइनलमा प्रवेश गरेको छ । समूह चरणको अन्तिम खेलमा श्रीलंकालाई पराजित गर्दै नेपालले सेमिफाइनल यात्रा तय गरेको हो ।

जापानको तोकाइ सिटिजन व्यायामशालामा भएको खेलमा नेपालले श्रीलंकामाथि ३४-२५ को जित निकालेको हो । पहिलो हाफमै १९-१३ को अग्रता बनाएको नेपालले दोस्रो हाफमा १५-१२ को स्कोर गर्दै ९ अंकको अन्तरमा खेल आफ्नो पक्षमा पारेको थियो ।

समूह ‘बी’ मा रहेको नेपालले समूह चरणमा थाइल्यान्डलाई पराजित गरेको थियो भने चाइनिज ताइपेइसँग पराजित भएको थियो । समूहबाट नेपालसँगै चाइनिज ताइपेइ सेमिफाइनलमा पुगेका छन् ।

सेमिफाइनलमा स्थान बनाएसँगै नेपाली महिला कबड्डी टोलीको पदक सुनिश्चित भएको छ । अब नेपालले फाइनल प्रवेशका लागि शुक्रबार सेमिफाइनल खेल खेल्नेछ ।

यसअघि १९औँ एसियन गेम्समा पनि नेपाली महिला कबड्डी टोलीले कांस्य पदक जितेको थियो । यसपटकको प्रतियोगितामा पनि नेपालले कम्तीमा कांस्य पदक सुनिश्चित गरेको छ ।

0 Comments