८ आश्विन २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

फोहोर मैला व्यवस्थापनमा नयाँ युग: स्रोतबाटै वर्गीकरण र प्रशोधन अनिवार्य हुने

अ+ अ-

काठमाडौँ । पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले फोहोरको स्रोतबाटै वर्गीकरणलाई अनिवार्य गर्ने र यसलाई आर्थिक रूपमा दिगो बनाउने सरकारी योजना रहेको बताएका छन्।

प्रतिनिधि सभाको बिहीबारको बैठकमा फोहोर मैला व्यवस्थापन विधेयक, २०८३ माथिको छलफलमा जवाफ दिँदै यस्तो बताएका हुन् ।

फोहोरको स्रोतबाटै वर्गीकरणलाई अनिवार्य गर्ने र यसलाई आर्थिक रूपमा दिगो बनाउने सरकारी योजना सार्वजनिक गरे । सदनमा सांसदहरूले उठाएका जिज्ञासाहरूको जवाफ दिँदै मन्त्री लम्सालले प्रस्तावित विधेयकले फोहोर मैला व्यवस्थापनलाई सेवा र सार्वजनिक-निजी साझेदारी (एएए) मोडलमा अघि बढाउने स्पष्ट पारे । उनले अब फोहोर संकलन गर्दा तीन चेम्बर भएको गाडी प्रयोग गरिने र स्रोतमा फोहोर नछुट्याउने घरबाट फोहोर संकलन नै नगरिने कडा व्यवस्था ऐनमा गरिएको जानकारी दिए।

मन्त्री लम्सालका अनुसार अब परम्परागत ’संकलन केन्द्र’ को सट्टा जनसंख्याको आधारमा ‘ट्रान्सफर स्टेसन’ को अवधारणा लागू हुनेछ । प्रत्येक पालिकाले अनिवार्य रूपमा चारवटा सुविधा-मेटेरियल रिकभरी फ्यासिलिटी, मल प्रशोधन केन्द्र, इन्सिनरेटर प्लान्ट र क्रसर प्लान्ट-सहितको प्रशोधन प्रणाली स्थापना गर्नुपर्नेछ । यी संयन्त्रहरू एक-अर्कासँग जोडिएका हुनेछन्, जसले ‘जिरो वेस्ट’-शुन्य फोहोरको अवधारणालाई साकार पार्ने मन्त्रीको दाबी छ ।

आर्थिक सस्टेनेबिलिटीका लागि मन्त्रीले मल उत्पादनमा अनुदान र हानिकारक फोहोर व्यवस्थापनका लागि प्रदूषणकर्ताले तिर्ने शुल्कको व्यवस्था गरिएको बताए।

एमआरएफबाट निस्कने रिसाइकल सामग्रीमा कवाडी व्यवसायीको एकाधिकार तोडी स्थानीय तहलाई नै आर्थिक लाभ हुने गरी मोडालिटी तयार पारिएको छ ।

साथै, क्रसर प्लान्टबाट उत्पादित निर्माण सामग्रीहरू स्थानीय तहका सार्वजनिक निर्माण कार्यमा अनिवार्य प्रयोग गर्नुपर्ने बाध्यात्मक व्यवस्था पनि विधेयकमा राखिएको छ ।

0 Comments