९ आश्विन २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रसुवा नाका पुनः सञ्चालनका लागि चिनियाँ राजदूतसँग आग्रह

अ अ+ अ-

काठमाडौँ । पूर्वाधार विकास मन्त्री सुनिल लम्सालसँग नेपालका लागि चिनियाँ राजदूत वाङ माओमिङले शिष्टाचार भेट गरेका छन् ।

सिंहदरबारमा आज भएको भेटमा पूर्वाधारमन्त्री लम्सालले रसुवामा बाढीबाट क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माण तथा विकास, रसुवागढी केरुङनाका पुनः सञ्चालनलगायत विषयमा चीन सरकारको तर्फबाट आवश्यक सहयोगका लागि अनुरोध गरेका छन् ।

मन्त्री लम्सालले करिब छ लाख नेपाली नागरिकको राज्यसँगको सम्पर्क तथा सहज आवतजावत आवश्यक परेको बताउँदै कोरला तथा तातोपानीनाकाको प्रभावकारी सञ्चालनलगायत विषयमा चीन सरकारबाट आवश्यक समन्वयका लागि आह्वान गरे । 

“भोटेकोशीमा आएको बाढीका कारण नेपालको प्रमुख व्यापारिक नाका रसुवागढी बन्द भएको छ”, उनले भने, “तत्कालका लागि पुरानै स्थानबाट अस्थायी सडक तथा यातायातको व्यवस्था मिलाएर स्थानीय नागरिकलाई राहत दिने गरी नेपाल सरकारले दिनरात काम गरिरहेको छ ।” 

उनले स्याफ्रुबेँसीबाट रसुवागढीसम्मको सडक खण्ड तत्काल सञ्चालनमा ल्याउन चीन सरकारको सहयोग आवश्यक रहेको बताउँदै सोका लागि सहयोग गर्न आग्रह गरे । 

मन्त्री लम्सालले काठमाडौँ-रसुवागढी केरुङनाकासम्मको दीर्घकालीन सडक पूर्वाधार विकासका लागि नयाँ विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरी आवश्यक स्थानमा ट्रयाक खोल्ने कार्यमा समेत सरकार अघि बढेको जानकारी दिएका छन् । उनले सो कार्यमा चीन सरकारको सहयोग र समन्वयका लागि आग्रह गरेका छन्।

भेटका क्रममा चिनियाँ राजदूत माओमिङले चीन नेपालको असल मित्र तथा छिमेकीका रूपमा रहेको भन्दै चीन सरकारले हरसम्भव सहयोग गर्न तयार रहेको बताए । उनले नेपालको प्रमुख व्यापारिक केन्द्रका रूपमा रहेको रसुवागढीनाकाको पुनर्निर्माण तथा सञ्चालनका लागि विशेष अध्ययन गरी दीर्घकालीन र प्रभावकारी पूर्वाधार निर्माण गर्नुपर्ने धारणा राखे ।

राजदूत वाङले कोरला र तातोपानीनाका सञ्चालनका लागि चीन सरकार सकारात्मक रहेको जानकारी दिँदै रसुवागढीनाकाको पुनर्निर्माण तथा सञ्चालनका सम्बन्धमा नेपाल सरकारले विशेष प्रस्ताव पठाएमा आवश्यक समन्वय र सहयोगका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरेको मन्त्री लम्सालको सचिवालयले जनाएको छ ।

0 Comments