१० आश्विन २०८३, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वर्षाले मुलुकभरका ११ राजमार्ग अवरुद्ध

अ अ+ अ-

काठमाडौँ । भारी वर्षाका कारण मुलुकभरका ११ वटा राजमार्गसहित विभिन्न खण्डका सडक अवरुद्ध भएका छन् । यही असोज ८ गतेदेखि भएको वर्षाका कारण बाढी तथा पहिरो जाँदा पृथ्वीराजमार्गसहित मुलुकभरका ११ वटा राजमार्गसहित विभिन्न खण्डको सडक अवरुद्ध भएका सडक विभागले आज एक सूचना जारीगरी जनाएको छ ।

पृथ्वीराजमार्गको कृष्णभीर, चौकीभीर, जवाङखोला, फिस्लिङलगायत सडकखण्ड अवरुद्ध भएका छन् । सो खण्ड अवरुद्ध हुँदा मुलुकका विभिन्न स्थानबाट देशको राजधानी काठमाडौँ आउने सवारीसाधन प्रभावित भएका छन् । लगातारको वर्षाका कारण रातिको समय र जोखिम मानिएका स्थानमा दिउँसो पनि यातायात सञ्चालनमा रोक लगाइएको विभागले जनाएको छ । 

सडक विभागका अनुसार विभिन्न स्थानमा पहिरो पन्छाउने काम भइरहेको जनाएको छ । त्यसैगरी बिपी राजमार्गको माम्ती, पिप्ले, दाउन्ने-कालोपुल, चारसयबेँसी, कटुन्जे, चौकीडाँडालगायत खण्ड अवरुद्ध भएका छन् ।

कान्ति राजमार्गको चपली, तकुर्चेलगायत खण्डमा पनि आंशिक रूपमा प्रभावित भइरहेको छ । मकवानपुर खण्डमा भने पहिरो पन्छाएर यातायात सञ्चालनमा आएको विभागले सूचनामार्फत जनाएको छ । सिद्धिचरण राजमार्गको ओखलढुङ्गा-सलेरीखण्ड, सोलुखोला नजिकलगायत खण्डमा पनि अवरुद्ध भएका छन् । सो खण्डमा सडक भासिएकाले एक्जाभेटर, ह्विल लोडरलगायत उपकरण परिचालन गरेर सञ्चालन ल्याउने प्रयास भइरहेको छ ।

मध्यपहाडी राजमार्गको पनि निसी गाउँपालिका-कानाबगरलगायत खण्ड पनि अवरुद्ध भएको छ । सो खण्डमा लेदोसहितको पहिरो आउने क्रम पनि जारी छ । त्यसैगरी, कालीगण्डकी करिडोरको पनि जैमिनी नगरपलिका-८ बेलबगर सडक पनि अवरुद्ध छ । सो खण्डमा ठूलो प्रकृतिको पहिरो गएकाले पनि हटाउने कार्य भइरहेको सडक विभागले जनाएको छ । त्यसैगरी, बाग्लुङ-बेनी राजमार्ग खण्डको पनि म्यादी, हुलाकेलगायत खण्ड पनि सडक अवरुद्ध भएका छन् । 

सडक विभागका अनुसार तमोर कोरिडोरको छरुवाखोला, नावाखोला, रानीगाउँलगायत खण्डमा पनि सडक अवरुद्ध छ । राप्ती राजमार्गको पनि कपुरकोट-खारखोला खण्डको सडक अवरुद्ध छ । कर्णाली राजमार्गको गगनेखोला, नाग्म-जुम्लाको राँका क्षेत्र-बाङ्गेसिमल-दहीखोला तथा हारे नजिक खण्ड पनि अवरुद्ध छ । भालुवाङ-चकचके-लिवाङ सडकखण्डको पनि विभिन्न क्षेत्रमा सडक अवरुद्ध रहेको छ ।

0 Comments