१३ आश्विन २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

यातायात व्यवस्था कार्यालयबाट ३५ करोड राजश्व संकलन

अ अ+ अ-

कर्णाली । कर्णाली प्रदेशका यातायात कार्यालयहरूबाट आर्थिक वर्ष २०८२/८३ मा रु. ३५ करोड बढी राजस्व संकलन गरिएको छ । कर्णाली प्रदेश भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयअन्तर्गतका सुर्खेत, जुम्ला र रुकुम पश्चिम यातायात कार्यालयबाट रु. ३५ करोड आठ लाख ४३ हजार ५९० राजस्व संकलन गरिएको हो । जिल्लागत रूपमा सबैभन्दा बढी राजस्व यातायात व्यवस्था कार्यालय सुर्खेतबाट रु. २९ करोड ५६ लाख नौ हजार ४१० राजस्व संकलन भएको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयका सचिव अर्जुनकुमार बमले जानकारी दिए ।

त्यसैगरी, जुम्लाबाट करिब रु. दुई करोड र रुकुम पश्चिमबाट रु. तीन करोड ५७ लाख ९१ हजार ६५० राजस्व संकलन भएको उनले बताए । उनका अनुसार राजस्व संकलनको मुख्य आधार सवारीसाधन कर रहेको र कुल राजस्वमध्ये सवारीसाधन करको योगदान ८७.४६ प्रतिशत रहेको छ ।

त्यस्तै, चालक अनुमतिपत्र, सवारी दर्ता तथा नवीकरण दस्तुरबाट १०.९४ प्रतिशत, प्रशासनिक दण्ड, जरिवाना तथा जफतबाट १.४८ प्रतिशत र अन्य प्रशासनिक सेवा शुल्कबाट ०.२१ प्रतिशत राजस्व संकलन भएको सचिव बमले जानकारी दिए । मन्त्रालयले यातायात क्षेत्रको सेवा प्रवाहलाई सहज र प्रभावकारी बनाउँदै राजस्व संकलन तथा प्रशासनिक व्यवस्थापनलाई थप सुदृढ गर्ने जनाएको छ ।

0 Comments