काठमाडौँ । सल्यान, वनगाड कुपिण्डे नगरपालिकाको दुई वटा सामुदायिक वनको ओडारमा लुकाइछिपाई राखिएको ८ नाल भरुवा बन्दुक बरामद गरिएको छ ।
बुधवार बिहान ९: ३० बजेको समयमा जिल्ला प्रहरी कार्यालय सल्यानबाट खटिएको प्रहरी टोलीले बनगाड कुपिण्डे नगरपालिका–७ स्थित सल्लेरी सामुदायिक वनको ओडारबाट ४ नाल र वडा नम्बर १२ स्थित निगालचुला भदाले सामुदायिक वनको ओडारबाट ४ नाल गरी जम्मा ८ नाल भरुवा बन्दुक फेला पारी बरामद गरिएको हो ।
बरामद गरिएका भरुवा बन्दुकको सम्बन्धमा थप अनुसन्धान समेत भइरहेको छ ।



