काठमाडौँ । बागलुङको निसिखोला गाउँपालिका–१ सल्लेरी सामुदायिक वनमा लुकाइछिपाई राखिएको ७ थान भरुवा बन्दुक फेला पारी बरामद गरिएको छ ।
बुधवार बिहान ९ बजे इलाका प्रहरी कार्यालय बुर्तिबाङबाट प्रहरी निरीक्षक तिलक मानन्धरको कमाण्डमा खटिएको प्रहरी गस्ती टोलीले जिल्ला बागलुङ निसीखोला गाउँपालिका–१ सल्लेरी सामुदायिक वनस्थित वनमाराको झाडीमा लुकाइछिपाई राखिएको अवस्थामा १ नाले भरुवा बन्दुक थान–७ फेला पारी बरामद गरिएको हो ।
बरामद भएको भरुवा बन्दुक साबुत ५ थान र बेसावुत २ थान गरी जम्मा ७ थान रहेको छ । उक्त बरामद भएको भरुवा बन्दुकको सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।



