काठमाडौँ । नेपाल प्रहरी शिक्षालय भरतपुरमा सञ्चालित प्रहरी सहायक निरीक्षक आधारभूत तालिम पूरा गरी ३१० जना प्रशिक्षार्थी दीक्षित भएका छन्।
२-१८०औँ समूहको प्रहरी सहायक निरीक्षक आधारभूत तालिम पूरा गर्नेमा ४३ जना महिला प्रशिक्षार्थीसमेत रहेका छन्।
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) राजन अधिकारीको प्रमुख आतिथ्यतामा तालिमको समापन तथा दीक्षान्त कार्यक्रम सम्पन्न भएको हो।
उक्त आधारभूत तालिम २०८२ भदौ २२ गतेदेखि नेपाल प्रहरी शिक्षालय भरतपुरमा सञ्चालन गरिएको थियो।
तालिम पूरा गरेसँगै ४३ महिलासहित कुल ३१० जना प्रशिक्षार्थी दीक्षित भएका हुन्।



