२१ आश्विन २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘लोकतान्त्रिक संस्कार जोगाउने र युगानुकूल रूपान्तरण गर्ने मुख्य अभिभारा काँग्रेसको काँधमा छ’ : विश्वप्रकाश शर्मा

अ अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले मुलुकको लोकतान्त्रिक संस्कृतिमा क्षय हुँदै गएको भन्दै यसलाई सुधार गर्ने अभिभारा नेपाली काँग्रेससँग रहेको बताएका छन् । 

काठमाडौँको खुलामञ्चमा जारी पार्टीको १५ औँ महाधिवेशनको बन्द सत्रमा बोल्दै उनले यस्तो बताएका हुन् । 

उपसभापति शर्माको लोकतान्त्रिक संस्कृतिमा आएको क्षय र युगअनुकूल रूपान्तरणसम्बन्धीको प्रतिवेदन समेत बन्द सत्रले पारित गरेको छ । उनले नेपाली काँग्रेसमा गुनासो र निराशाभन्दा उत्तरदायित्व, संस्कार, विश्वास र आशाको राजनीतिक संस्कृति विकास गर्नुपर्नेमा समेत जोड दिए । उनले महाधिवेशनबाट जुनसुकै व्यक्ति निर्वाचित भए पनि विजयीलाई सहयोग गरेर पार्टीलाई बलियो बनाउने संकल्प गर्न सबै प्रतिधिनिहरुलाई आग्रह समेत गरे । 

उपसभापति शर्माले निराश व्यक्तिले देश निर्माण गर्न नसक्ने भन्दै काँग्रेसभित्र आशा, विश्वास र भरोसाको वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए ।

उनले भने,‘हामी उत्तर भएको काँग्रेस बनाउन चाहन्छौँ, गुनासो भएको होइन । हामी संस्कार भएको काँग्रेस बनाउन चाहन्छौँ, आवेग भएको होइन । हामी विश्वास आफूभित्र भएको काँग्रेस बनाउन चाहन्छौँ, निराश काँग्रेस होइन । निराश मान्छेले देश बनाउँदैन, निराश मान्छेहरूको देश दुनियाँमा कहीँ बनेको छैन । आशा गर्ने, आशासँगै विश्वास गर्ने, विश्वाससँगै भरोसा गर्ने र केही गर्छौँ भन्ने काँग्रेसले मात्रै काँग्रेस बलियो बनाउन सक्छ, देश बलियो बनाउन सक्छ । यो राजनीतिक संस्कृतिमा रूपान्तरण गरिराखेर गर्नुपर्ने चेत यो हलबाट फर्केर जाँदा हामी सबैमा बनोस्, बन्नुपर्छ । यो हलबाट निक्लेर गाडीमा चढेर आ–आफ्नो जिल्ला जाँदै गर्दा हामी कसले कुन पद जितेर, कुन पद लिएर जान्छौँ त्यो दोस्रो कुरा हो, हामी फर्केर जाँदै गर्दा जसले जिते पनि मेरो साथी विजयी भएको छ, उसलाई सहयोग गरिराखेर बलियो काँग्रेस बनाउँछौँ भन्ने सोचको संस्कारले मात्रै काँग्रेस बलियो बन्छ । त्यसैले लोकतान्त्रिक संस्कृतिमा भएको क्षयलाई यो देशमा उठाउनुपर्ने अभिभारा, रूपान्तरण गर्नुपर्ने अभिभारा काँग्रेसको हो । यो दस्तावेज काँग्रेसले त हामी पढ्नेछौँ, मनन गर्नेछौँ, सिङ्गैमा हामी यो समाजमा, गाउँमा पनि पुर्‍याउनेछौँ । यति भनिराखेर लोकतान्त्रिक संस्कृतिमा क्षय र युगअनुकूल रूपान्तरणको अभिभारा भन्ने दस्ताबेजलाई तपाईँहरूले जोरदार तालीका साथ पारित गरिदिन अनुरोध गर्दछु ।’

उनले पार्टीको आन्तरिक व्यवस्थापनलाई थप व्यवस्थित बनाउँदै लैजान सबै तहका नेता कार्यकर्ताहरूलाई आग्रह समेत गरे । 

0 Comments