२५ आश्विन २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

समस्याग्रस्त सहकारीका बचतकर्तालाई  विवरण अद्यावधिक गर्न आग्रह

अ अ+ अ-

काठमाडौँ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले सम्बन्धित सहकारी संस्थाका बचतकर्तालाई आफ्नो मागदाबीको विवरण अद्यावधिक गर्न आग्रह गरेको छ। 

समितिले बचतकर्ताको रकम फिर्ता भुक्तानी प्रक्रियालाई व्यवस्थित बनाउन अनलाइन प्रणालीमार्फत मागदाबीको विवरण संकलन तथा अद्यावधिक गरिरहेको जनाएको छ।

समितिले सूचना जारी गर्दै अनलाइन प्रणालीमार्फत पेस गरिएको मागदाबीको रकम हाल राष्ट्रिय भुक्तानी गेटवे ९नेसनल पेमेन्ट गेटवे० मार्फत सम्बन्धित बचतकर्ताको बैंक खातामा सिधै भुक्तानी हुने व्यवस्था गरिएको जनाएको छ।

समितिका अनुसार बचतकर्ताले आफ्नो मागदाबीमा उल्लेख भएको विवरण परिवर्तन वा अद्यावधिक गर्न सक्नेछन्। यसका लागि प्रत्येक मागदाबीमा एउटा मात्र मोबाइल नम्बर प्रयोग गरी उक्त नम्बरमा प्राप्त हुने ओटीपीका आधारमा विवरण संशोधन गर्न सकिने व्यवस्था गरिएको छ।

मागदाबीमा नाम गलत भएको, मोबाइल नम्बर अपुष्ट रहेको, परिचय तथा बचत पुष्टि हुने प्रमाण संकलन नभएको वा एउटै बचतकर्तासम्बन्धी एकभन्दा बढी मागदाबी पेस भएको अवस्थामा सम्बन्धित बचतकर्ताले आवश्यक प्रमाणसहित विवरण अद्यावधिक गर्नुपर्नेछ।

त्यसैगरी, एउटै मोबाइल नम्बर प्रयोग गरी एकभन्दा बढी मागदाबी पेस गरिएको अवस्थामा प्रत्येक मागदाबीका लागि फरक(फरक मोबाइल नम्बर अद्यावधिक गर्नुपर्ने भएमा आवश्यक विवरणसहित समितिको इमेलमार्फत निवेदन पेस गर्नुपर्ने सूचनामा उल्लेख छ।

समितिले उक्त विवरण अद्यावधिक तथा मोबाइल नम्बर संशोधनसम्बन्धी व्यवस्था पहिलो पटकका लागि २०८३ साल कात्तिक मसान्तसम्म लागू हुने जनाएको छ। सम्बन्धित सबै बचतकर्तालाई तोकिएको समयभित्र आवश्यक विवरण अद्यावधिक गर्न समितिले अनुरोध गरेको छ।

0 Comments