२५ आश्विन २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जनकपुरधामका शक्तिपीठहरूमा घटस्थापनासँगै बडादशैँको विधिवत् सुरुवात

अ अ+ अ-

काठमाडौँ । नेपालीहरूको महान् पर्व बडादसैँ (आज) आइतबार घटस्थापनाका साथ देशभर शुरु भएको छ ।

मिथिलाको सांस्कृतिक केन्द्र जनकपुरधामका प्रमुख शक्तिपीठहरूमा बिहानैदेखि भक्तजनहरूको घुइँचो लागेको छ भने तान्त्रिक विधिअनुसार घटस्थापना गरी नवरात्रिको पूजा आरम्भ गरिएको छ । दशैँको पहिलो दिन, जनकपुरधामस्थित ऐतिहासिक राजदेवी मन्दिर, बौधी माई मन्दिर, विद्यापति चोकस्थित दुर्गा मन्दिर र रामानन्द चोकको दुर्गा मन्दिरलाई विशेष रूपमा सिँगारिएको छ । 

मन्दिर परिसरहरूमा बिहानैदेखि श्रद्धालुहरू पूजा–अर्चना र दर्शनका लागि पुगिरहेका छन् । राजदेवी मन्दिरमा शारदीय नवरात्रको अवसरमा घटस्थापनादेखि महानवमीसम्म विशेष पूजा–आजा गर्ने परम्परा रहेको छ । मन्दिरका पुजारीहरूकाअनुसार तान्त्रिक पद्धति अपनाउँदै आज बिहान शुभ साइतमा गणेश कलश, भैरव कलश र दुर्गा कलश स्थापना गरिएको छ । यससँगै माता दुर्गाको आह्वान गरी वैदिक मन्त्रोच्चारणका साथ पूजा शुरु गरिएको हो । 

जनकपुरका शक्तिपीठहरूमा दशैँको अवसरमा हुने विशेष पूजा विधि हेर्नका लागि टाढा–टाढाबाट भक्तजनहरू आउने गर्दछन् । मन्दिर व्यवस्थापन समितिले भक्तजनहरूको भीडलाई मध्यनजर गर्दै सुरक्षा र दर्शनको व्यवस्था मिलाइएको जनाएको छ । नवरात्रको नौ दिनसम्म देवीका विभिन्न स्वरूपहरूको आराधना गरिने भएकाले मन्दिरहरूमा धार्मिक चहलपहल थप बढेको छ । 

0 Comments