धादिङ । त्रिशूली नदीको कटानका कारण भासिएर अवरुद्ध बनेको पृथ्वी राजमार्गको गजुरी खण्डमा यातायात दुईतर्फी पुनः सञ्चालनमा आएको छ।
धादिङको गजुरी गाउँपालिका–५ स्थित गलौदीमा त्रिशूली नदीले सडक कटान गरेपछि राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको थियो। कटान भई भासिएको सडकको मर्मत सम्भार तथा व्यवस्थित गरेपछि आज दिउँसो ३:१० बजेदेखि दुवैतर्फका गाडी सञ्चालनमा आएको प्रहरीले जनाएको छ। सडक भासिएका कारण केही समय सवारी साधनहरू बीच बाटोमै रोकिएका थिए।



