२५ आश्विन २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुनका गरगहना चोरीमा संलग्न पाँच जना पक्राउ

अ अ+ अ-

काठमाडौँ । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१ लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना, ल्यापटप र नगद गरी रु. ८४ लाख ७६ हजार ७०० बराबरको धनमाल चोरी गरेको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले चोरी गर्ने तथा चोरी गरिएका सुनका गरगहना खरिदबिक्री गर्ने कार्यमा संलग्न रहेको आरोपमा निजहरूलाई काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा धादिङको धुन बेँसी नगरपालिका-१ छात्र देउरालीका २८ वर्षीय सिजल तामाङ भन्ने राजन स्याङ्बो, दोलखाको भीमेश्वर नगरपालिका–७ मकैबारीकी २७ वर्षीया रिया कार्की, सुनसरीको इटहरी उपमहानगरपालिका-१६ एकम्बाका ३३ वर्षीय प्रकाश कडुवाल, काठमाडौँ महानगरपालिका–१३ ताहाचलका ३७ वर्षीय रोमन श्रेष्ठ र नुवाकोटको विदुर नगरपालिका–१२ चारघरेका ४५ वर्षीय जितबहादुर विश्वकर्मा रहेका उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

कार्यालयका प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार घरमा कोही नभएको मौका छोपी उनीहरू घरभित्र प्रवेश गरी सुनका गरगहना, ल्यापटप र नगद चोरी गरेर फरार भएका थिए । उक्त घटनाको अनुसन्धान तथा संलग्न व्यक्तिहरूको खोज तलास गर्ने क्रममा पाँच जना पक्राउ परेका हुन् । प्रहरीले पक्राउ परेकाहरूको साथबाट सुनको तिलहरी एक थान, सिक्री एक थान, बाला एक थान, औँठी चार थान, झुम्का एक जोर, गणेशको लकेट एक थान र सुनको टुक्रा एक थान बरामद गरेको छ ।

त्यसैगरी, चाँदीका औँठी दुई थान, डेल कम्पनीको ल्यापटप एक थान, विभिन्न कम्पनीका मोबाइल तीन थान, फलामको औजार एक थान र नेपाली नगद रु. दुई लाख ७० हजारसमेत बरामद गरिएको कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार बरामद सुनका गरगहनाको कूल तौल छ तोला ८९ लाल रहेको छ । चोरीमा संलग्न व्यक्तिहरूको पहिचान तथा खोजी गर्ने क्रममा उनीहरूबाट चोरीका सामानसमेत फेला परेको प्रहरीले जनाएको छ । पक्राउ परेका पाँचै जनालाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि प्रहरी वृत्त ठिमी, भक्तपुर पठाइएको प्रहरी उपरीक्षक कार्कीले जानकारी दिए । 

0 Comments