२६ आश्विन २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काँग्रेस उपसभापतिमा भण्डारी, आचार्य र चौधरी विजयी

अ अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसको खुलातर्फको उपसभापतिमा डा. चन्द्रकान्त भण्डारी र मधु आचार्य विजयी भएका छन् । यस्तै, समावेशी उपसभापतिमा विनोदकुमार चौधरी निर्वाचित भएका छन् । 

उपसभापतिको खुला प्रतिस्पर्धामा डा. भण्डारीले तीन हजार ७३५ मत र आचार्यले दुई हजार ३४२ मत प्राप्त गरेका छन्। 

उपसभापतिका उम्मेदवारमध्ये गोविन्द भट्टराईले एक हजार ७५२, सुरेन्द्रराज पाण्डेले एक हजार ६७३, धनराज गुरुङले एक हजार ५९६, दीपक गिरीले (२३ र प्रा. डा. चन्द्रमोहन यादवले ७६) मत प्राप्त गरेका छन्  ।

समावेशी उपसभापतिमा विजयी चौधरीले एक हजार ७४५ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी जीवन परियारले एक हजार ६५८, फरमुल्लाह मन्सुरले एक हजार १४४, सीता गुरुङले एक हजार ११२ र रञ्जित कर्णले ५६२ मत प्राप्त गरेका छन् । 

त्यस्तै, महामन्त्रीमा प्रदीप पौडेल र उदयशम्शेर राणा विजयी भएका छन्। पौडेलले चार हजार १९४ मत प्राप्त गरेका छन् । यस्तै, राणाले दुई हजार ३३० मत पाएका छन् । महामन्त्रीका उम्मेदवारमध्ये डा. सुनिलकुमार शर्माले दुई हजार २५७, गुरुराज घिमिरेले एक हजार ५१३, नैनसिंह महरले एक हजार १३४, अमरसिंह पुन मगरले एक हजार १२५, शंकर तिवारीले १२३ र डा. सन्तोष उपाध्यायले ९७ मत प्राप्त गरेका छन् । 

महामन्त्री महिलातर्फ डा. डिला सङ्ग्रौला(पन्त) विजयी भएका छन् । उनले तीन हजार ११८ मत प्राप्त गरेका छन् भने महालक्ष्मी उपाध्याय (डिना)ले दुई हजार ८६४ र रीता खनालले ८०४ मत प्राप्त गरेको निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालले जानकारी दिए । 

0 Comments