२६ आश्विन २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी सुरु

अ अ+ अ-

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी पुन: सुरुआत गरिएको छ । बर्सातसँगै असार १७ गतेदेखि बन्द गरिएको निकुञ्ज भित्रको जिप सफारी यही असोज २३ गतेदेखि सुरु गरिएको हो ।

बर्सातले बिग्रिएका निकुञ्ज भित्रका सडकहरू मर्मत गरेर जिप सफारी सुरु गरिएको हो । वर्षाको समयमा आएको बाढीका कारण बिग्रिएका बाटोहरू मर्मत, ढलेका रूख पन्छाउने, झाडी फाँड्ने लगायतका कामहरू सकिएसँगै जिप सफारी सुरु गरिएको निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरले जानकारी दिए।  यही असोजको दोस्रो साता आएको बाढीले जंगल सफारी गर्ने रुटहरू भत्काएका कारण जंगल सफारी खुला गर्न समय लागेको उनले बताए।

निकुञ्जभित्र जिप सफारी बन्द भए पनि मध्यवर्ती क्षेत्र तथा सामुदायिक वनहरूमा भने जिप तथा हात्ती सफारी सबै समयमा यथावत् अवस्थामा हुने गर्दछ । निकुञ्जमा सौराहा क्षेत्रबाट ३२ वटा, कसराबाट २२ वटा यस्तै मेघौलीबाट ११ वटा, अमलटारीबाट आठवटा र माडीबाट एउटा जिपहरू निकुञ्जभित्र चल्ने गर्दछन् ।

 ती जिपमा चढेर पर्यटकले निकुञ्ज घुम्ने गर्दछन् । यहाँ मुख्य रूपमा दुर्लभ एकसिङ्गे गैँडा, पाटेबाघलगायत वन्यजन्तु हेर्न पर्यटक आउने गर्दछन् ।

0 Comments