२६ आश्विन २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अमेरिकाका लागि प्रस्तावित राजदूतलाई सांसदहरूको प्रश्न: ‘सैन्य सहयोगदेखि डायस्पोराको समस्यासम्ममा स्पष्ट योजना के छ ?’

अ अ+ अ-

काठमाडौँ । संयुक्त राज्य अमेरिकाका लागि प्रस्तावित राजदुत चिरनजंग थापाको संसदीय सुनुवाई प्रक्रियामा सांसदहरूले उनको कार्य योजना, कूटनीतिक प्राथमिकता र डायस्पोराप्रतिको दृष्टिकोणमाथि गम्भीर प्रश्न उठाएका छन् । 

सोमवार बसेको संसदीय सुनुवाई समितिको बैठकमा सांसदहरूले प्रस्तावित राजदूतको अनुभवको प्रशंसा गर्दै अमेरिका जस्तो विश्व शक्तिको सामना गर्दा नेपालको असंलग्न परराष्ट्र नीति र राष्ट्रिय हितमा स्पष्टता हुनुपर्नेमा जोड दिएका हुन् । संसदीय सुनुवाई समितिको बैठकमा नेकपा एमालेकी सांसद पद्मा अर्याल र नपाली कम्युनिष्ट पार्टीका सांसद वर्षमान पुनले प्रस्तावित राजदुत थापाको कार्य योजनाका विभिन्न बुँदाहरूमा स्पष्टीकरण माग गरे । सांसद अर्यालले अमेरिकामा रहेका नेपाली डायस्पोराले भोग्दै आएका दूतावाससम्बन्धी समस्या, उनीहरूको सेवा–सुविधा र सांस्कृतिक अपनत्वका विषयमा ठोस योजना प्रस्तुत गर्न आग्रह गरिन् । उनले राजदूतको कार्यकालमा नेपालले प्राप्त गर्ने ठोस नतिजा र एक वर्षीय कार्य योजनाको खाका स्पष्ट नभएको भन्दै जिज्ञासा राखिन्। 

सांसद वर्षमान पुनले प्रस्तावित राजदुत थापाको उच्च शैक्षिक र व्यावसायिक पृष्ठभूमिको प्रशंसा गरे पनि कार्य योजनामा उल्लेखित कतिपय विषयमा असहमति जनाए । थापाले कार्य योजनामा राखेको ‘अमेरिकी सैन्य शक्तिबाट लाभ लिने’ र ‘सैन्य तथा सुरक्षा सहयोग सुदृढ गर्ने’ प्रस्तावमाथि पुनले आपत्ति जनाए । उनले नेपालको संविधान र असंलग्न परराष्ट्र नीतिअनुसार सैन्य सहयोग प्राथमिकतामा पर्नुपर्ने हो कि होइन भन्दै प्रश्न गरे । 

त्यस्तै, दूतावासका कर्मचारी र तिनका परिवारले अमेरिकी रीतिरिवाज पूर्ण रूपमा पालना गर्ने भनी कार्य योजनामा उल्लेख गरिएको विषय व्यावहारिक नभएको भन्दै सांसद पुनले यसमा स्पष्ट हुन आग्रह गरे । उनले अमेरिका नेपालको लागि आर्थिक सहायता र लगानी भित्र्याउने  दृष्टिकोणले महत्त्वपूर्ण भएकाले सोहीअनुसार कूटनीतिक सक्रियता बढाउन सुझाव दिए ।  

0 Comments