२७ आश्विन २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बुढीगण्डकी बाढी : धार्चेबाहेक सबै ठाउँमा विद्युत् आपूर्ति पुनः सञ्चालनमा

धार्चेमा विहानैदेखि काम सुरु, खोर्लाबेंसीसम्म आजै बिजुली पुर्‍याउने प्रयास 

अ अ+ अ-

काठमाडौँ ।  ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक नदी स्यार खोला करिडोरमा आएको बाढीका कारण अवरुद्ध बनेको विद्युत् सेवा पुनः सञ्चालन गर्न आवश्यक मर्मत तथा पुन:स्थापनाका कार्यलाई तीव्रता दिएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठकाअनुसार बाढीबाट क्षति पुगेको विद्युत् प्रणालीअन्तर्गत धार्चे गाउँपालिका बाहेकका सबै क्षेत्रमा विद्युत् आपूर्ति पुनः सञ्चालनमा आएको छ ।

खोर्लाबेंसीदेखि माथि सडक पहुँच नहुँदा र विद्युत् लाइनमा पूर्ण क्षति पुगेकाले खोर्लाबेंसीसम्म जतिसक्दो छिटो विद्युत् आपूर्ति पुनः सञ्चालन गर्ने प्रयास जारी छ ।

आज बिहानदेखि धार्चे गाउँपालिकामा पनि पुन:स्थापनाको काम सुरु भएको नेपाल विद्युत् प्राधिकरण आरूघाट वितरण केन्द्रले जनाएको छ ।

यसअघि आरूघाट क्षेत्रमा लाइन सुचारु भइसकेको छ । ऊर्जा मन्त्रालयका प्रवक्ता मोहन शाक्यकाअनुसार बाढीले अवरुद्ध भएलगत्तै प्राधिकरणले विद्युत् सेवा सुचारु गर्न काम थालेको थियो । करिब १० घण्टामै भीमसेन थापा गाउँपालिका वडा नं। २, ३ र ४ मा विद्युत् सेवा सुचारु भएको थियो । यसैगरी आरुघाट बजारसहित आरुघाट गाउँपालिकाको डाँडागाउँ ब्रान्च र आरुपोखरी ब्रान्चमा विद्युत् सेवा पुनः सञ्चालनमा आइसकेको छ । 

मन्त्रालयले बाढी प्रभावित सबै ठाउँमा यसै हप्ताभित्र विद्युत् सेवा सुचारु गर्नेगरी काम भइरहेको जनाएको छ ।

ऊर्जा मन्त्रालयकाअनुसार बाढीले गोरखा र धादिङ जिल्लाका विभिन्न स्थानमा विद्युत् वितरण प्रणाली तथा जलविद्युत् आयोजनाहरूमा क्षति पुगेको छ। बाढीबाट बुढीगण्डकी, टाइम्स इनर्जी प्रालि (३४१ मे.वा.), दोभान खोला (२४.५ मे.वा.), यारु खोला (३०.५९ मे.वा.), माछा खोला (१६ मे.वा.) लगायतका जलविद्युत् आयोजनाका क्याम्प क्षेत्र, निर्माण उपकरण तथा सामग्री, बेलिब्रिज, पहुँच सडक र आयोजना स्थलसम्म पुग्ने पुलमा क्षति पुगेको छ ।

त्यसैगरी, गोरखाको धार्चे गाउँपालिकाका विभिन्न स्थानमा ७० भन्दा बढी उच्च भोल्टेज पोलसहित सोती, आर्खेत तथा आरुघाट बजार क्षेत्रमा वितरण लाइनका पोलहरूमा क्षति पुगेको छ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–२, स्याउली बजार क्षेत्रमा समेत न्यून भोल्टेजका ६ वटा पोलमा क्षति पुगेको छ ।

0 Comments