काठमाडौँ । प्रतिनिधि सभा सदस्य एवं पूर्व उपसभामुख इन्दिरा राना मगर थाइल्यान्डको बैंकक प्रस्थान गरेकी छिन्।
अक्टोबर १४ मा आयोजना हुने ‘ग्लोबल थ्रेड एलाइन्स (जिटिए) उच्चस्तरीय कार्यशील शिखर सम्मेलन तथा क्यापिटल राउन्डटेबल’मा सहभागी हुन उनी मङ्गलवार त्यसतर्फ प्रस्थान गरेकी हुन्। ‘द मरिडियन कलेक्टिभ’को आयोजनामा हुन लागेको उक्त सम्मेलनलाई सांसद राना मगरले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।



