२७ आश्विन २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

टेलिकम जुम्लाद्वारा पाँच हजार ७८९ सिमकार्ड वितरण

अ अ+ अ-

जुम्ला । नेपाल टेलिकम शाखा कार्यालय जुम्लाले गत आर्थिक वर्ष २०८२/८३ मा करिब पाँच हजार ७८९ वटा सिम कार्ड वितरण गरेको छ ।

त्यस्तै चालु आवको असोज समान्तसम्म टेलिकमले एक हजार २१२ वटा सिम कार्ड वितरण गरेको नेपाल टेलिकम शाखा कार्यालय जुम्लाका प्रमुख पारस पुजाराले जानकारी दिए ।

उनका अनुसार जिल्लामा एक हजार ७२२ ग्राहकले नेपाल टेलिकमको तीव्र गतिको फाइबर इन्टरनेट सेवा लिएका छन् । अहिले जिल्ला सदरमुकाम खलंग बजारमा मात्र फाइबर इनटरनेट सेवा सञ्चालनमा छ ।

 जिल्लाका आठ स्थानीय तहमा टेलिकमको फाइबर इन्टरनेट सेवा विस्तारका लागि टेलिकमको केन्द्रीय कार्यालयसँग पहल भइरहेको प्रमुख पुजाराले बताए ।

टेलिफोन टावर निर्माण नहुँदा गुठीचौर गाउँपालिका–१ स्थित निपानी र तातोपानी गाउँपालिका–८ का ग्रामीण भेगका गाउँ बस्तीका स्थानीयवासी टेलिफोन सेवाबाट वञ्चित भएको उनको भनाइ छ ।

जिल्लामा २० स्थानबाट फोरजी सेवा र सात वटा ठाउँमा टुजी सेवासहितका टावरबाट सञ्चार सेवा प्रवाह भइरहेको छ । पछिल्लो समय टेलिकमले जिल्लामा २४ वटा टावर विस्तार गरेको छ । त्यसमध्ये सबैभन्दा बढी चन्दननाथ नगरपालिकाभित्र पाँच, गुठी चौरमा चार, हिमामा तीन, कनकासुन्दरीमा तीन, पातारासीमा दुई, सिञ्जामा दुई, तातोपानीमा दुई र तिलामा तीन वटा टावर विस्तार गरिएको प्रमुख पुजाराले जानकारी दिए ।

पछिल्ला महिनामा ग्रामीण भेगसम्म टेलिकमले टावर विस्तारको कामलाई तीव्र गतिमा अगाडि बढाएको छ । ग्रामीण क्षेत्रमा टेलिफोन नेटवर्कलाई थप सुदृढीकरण गरी गाउँ बस्तीमा सञ्चार सेवा पुर्‍याउने उद्देश्यका साथ टावर विस्तारलाई विशेष जोड दिएको नेपाल टेलिकम शाखा कार्यालय जुम्लाले जनाएको छ । 

उक्त कार्यालय आफ्नो कार्यक्षेत्र जुम्लासहित कालीकोट र मुगुमा समेत टावर विस्तार गरेको छ । नेपाल टेलिकमका अनुसार कालिकोटमा २२ र मुगुमा १९ वटा टावर विस्तार गरिएको छ ।

0 Comments