उदयपुर । सुपाडे देउरालीबाट १५९ किलो ४०० ग्राम गाँजासहित पशुपति साफीलाइ प्रहरीले पक्राउ गरेको छ ।
उदयपुरको बेलका नगरपालिका–५ स्थित पिकअपमा गाडीमा भुसका बोराले छोपेर लैजाँदै अवस्थामा छ वटा बोरामा १५९ किलो ४०० ग्राम गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरीक्षक राजन चापागाईँले जानकारी दिए ।
प्रहरी चौकी लालबजार, उदयपुरबाट ट्राफिक प्रहरीसहित खटिएको संयुक्त चेकिङ टोलीले रामपुरबाट फत्तेपुरतर्फ जाँदै गरेको प्रदेश १–०२–००२ च ५२९० नम्बरको पिकअप गाडी जाँच गर्ने क्रममा गाँजा बरामद गरिएको हो ।
पक्राउ परेका साफी र बरामद गाँजा तथा पिकअप गाडीलाई आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाको हिरासतमा राखिएको छ । दुई दिनमा उदयपुर प्रहरीले एक हजार ६०० केजी बढी गाँजा बरामद गरेको छ ।



