२७ आश्विन २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोरियाका लागि प्रस्तावित राजदुत श्रेष्ठसँग संसदीय समितिमा स्वार्थको द्वन्द्व र श्रमिक सुरक्षाबारे प्रश्न

अ अ+ अ-

काठमाडौँ । सांसदहरुले दक्षिण कोरियाका लागि प्रस्तावित नेपाली राजदुत प्रा. डा संगम श्रेष्ठलाई कोरियामा रहेका झन्डै ९१ हजार नेपाली नागरिकको संरक्षण, इपिएस प्रणालीको नियमितता र गैरसरकारी संस्था तथा व्यवसायसँगको विगतको आबद्धतामाथि स्पष्टीकरण माग गरेका छन् । 

संसदीय सुनुवाइ समितिले मंगलवार कार्य योजना माग गर्दै स्वार्थको द्वन्द्व, नेपाली श्रमिक तथा विद्यार्थीको सुरक्षा र दूतावासको कार्यशैलीबारे प्रश्न सोधेको हो । सांसदहरूले कोरियामा नेपाली कामदारको सुरक्षा, विद्यार्थीमाथि हुने शोषण, निर्यात प्रवर्द्धन तथा कूटनीतिक आचारसंहिता पालनाका विषयमा केन्द्रित रहेर प्रश्न उठाए । नेपाली काँग्रेसका सांसद आनन्दप्रसाद ढुंगानाले कोरियामा झन्डै ९१ हजार नेपाली नागरिक र १७ हजार विद्यार्थी रहेको तथ्यांक प्रस्तुत गर्दै उनीहरूको सुरक्षा र व्यवस्थापनमा दूतावासको भूमिका प्रभावकारी हुनुपर्नेमा जोड दिए । ढुंगानाले कोरियाको आर्थिक तथा प्राविधिक विकासबाट नेपालले लाभ लिनुपर्ने बताउँदै नेपाली समुदायलाई दूतावाससँग जोडेर सुरक्षित प्रत्याभूति दिलाउने ठोस योजना माग गरे । 

नेकपा एमालेकी सांसद पद्मा अर्यालले डा. श्रेष्ठ कोरियामै लामो समय व्यवसाय तथा गैरसरकारी संस्थामा आबद्ध रहेको प्रसंग उठाउँदै ‘स्वार्थको द्वन्द्व’ (कन्फ्लिक्ट अफ इन्ट्रेस्ट) र राजदुत नियुक्तिसम्बन्धी निर्देशिकाको दफा १० आकर्षित हुने वा नहुनेबारे प्रश्न गरिन्। अर्यालले कोरियास्थित नेपाली दूतावास सर्वसाधारणको पहुँचभन्दा निकै टाढा रहेको जनगुनासो रहेको उल्लेख गर्दै श्रमिकका समस्या, भिसा जटिलता तथा विद्यार्थीको शोषण रोक्न योजना मागिन्। उनले चिया, कफी, अलैँची, जडीबुटी तथा हस्तकलाको निर्यात प्रवर्द्धन एवं हरित ऊर्जा र प्रविधि हस्तान्तरणमा ध्यान दिन आग्रह गरिन् ।  

नेपाली कम्युनिष्ट पार्टीका सांसद नरबहादुर विष्टले स्थानीय तहहरूबीचको ‘भगिनी सम्बन्ध’ का नाममा मानव ओसारपसार भइरहेको घटनाप्रति चिन्ता व्यक्त गरे । उनले सुर्खेतको पञ्चपुरी नगरपालिकाबाट भगिनी सम्बन्धका आधारमा कोरिया पुगेका २० जनामध्ये १० जना अझै उतै हराएको उदाहरण दिँदै यस्ता विकृति रोक्न र कोभिडपछि प्रभावित बनेको इपिएस प्रक्रियालाई पूर्ण रूपमा सुचारु गराउन प्रस्तावित राजदूतको पहलकदमीबारे जिज्ञासा राखे । 

0 Comments