२८ आश्विन २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘हवाई फायर’ गरी हेरोइनसहित एक जना पक्राउ

अ अ+ अ-

काठमाडौँ । प्रहरीले ‘हवाई फायर’ गरी खैरो हेरोइनसहित एक जनालाई पक्राउ गरेको छ ।

लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले वीरगञ्ज महानगरपालिका–३१ बेगनाका ४१ वर्षीय बासुदिन मियाँलाई पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको हो ।

ब्यूरोका सहप्रवक्ता जीवन निरौलाका अनुसार मियाँ रक्सौल नाका हुँदै काठमाडौँ उपत्यकामा लागूऔषध आपूर्ति गर्ने कार्यमा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उनलाई काठमाडौँको तारकेश्वर नगरपालिका–४ बाट पक्राउ गरिएको हो ।

तारकेश्वर नगरपालिका–४ मा शंकास्पद अवस्थामा भेटिएका मियाँलाई नियन्त्रणमा लिन खोज्दा उनले प्रहरीमाथि आक्रमण गरी भाग्न खोजेका थिए । त्यस क्रममा प्रहरीले दुई राउन्ड हवाई फायर गरी उनलाई नियन्त्रणमा लिएको सहप्रवक्ता निरौलाले बताए । 

प्रहरीले मियाँका साथबाट ३०० ग्राम खैरो हेरोइन र एक थान मोबाइल फोन बरामद गरेको छ । प्रारम्भिक अनुसन्धानअनुसार उनले विगत तीन महिनादेखि प्रतिपटक २०० ग्रामका दरले पाँच पटकसम्म काठमाडौँ उपत्यकामा खैरो हेरोइन आपूर्ति गरेका थिए । मियाँमाथि लागूऔषध ९नियन्त्रण० ऐन, २०३३ अनुसार कारबाही हुने प्रहरीले जनाएको छ । 

0 Comments