३० आश्विन २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘सिचाङबाट नेपालले सांस्कृतिक सम्पदाको संरक्षणदेखि आधुनिक विकासम्म सिक्न सक्छ’ : पूर्वउपसभामुख रानामगर

अ अ+ अ-

काठमाडौँ । पूर्वउपसभामुख एवं सांसद इन्दिरा रानामगरले चीनको सिचाङबाट नेपालले सम्पदा संरक्षण, वातावरण संरक्षण र आधुनिक विकाससहित विविध विषयमा ज्ञान लिन सक्ने बताएकी छन् ।

साइनो नेपाल कल्चरल एण्ड टुरिज्म प्रमोशन सोसाइटीद्वारा आज यहाँ आयोजित कार्यक्रममा साँसद रानामगरले चीनले संस्कृति संरक्षणलाई रोजगारीको माध्यम बनाएकाले त्यो पक्षलाई नेपालले आत्मसात गर्नुपर्ने आवश्यकता औँल्याइन् ।

ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौलाले नेपाल र सिचाङबीच सदियौदेखि घनिष्ठ मित्रवत सम्बन्ध रहेकाले नेपालले त्यहाँबाट धेरै विषयबस्तु सिक्न सक्ने बताए ।

उनले त्यहाँको संस्कृति नेपालको नेवाः संस्कृतिसँग मिल्दोजुल्दो रहेकाले विगतदेखि नै दुई देशबीचको सम्बन्ध जनस्तरमा समेत प्रगाढ रहेको धारणा व्यक्त गरे ।

महावाणिज्यदूत निरौलाले भने, “नेपाल र सिचाङको सामाजिक र सांस्कृतिक सम्बन्ध प्रगाढ छ, त्यहाँको पर्यटन प्रवद्र्धन, रेलमार्ग, सुरुङमार्गसहित अत्याधुनिक विकासबारे नेपालले सिक्न पर्छ ।”

त्यहाँस्थित पोताला दरबार अवलोकन गर्न वार्षिक चार करोड बढी पर्यटक पुग्ने भएकाले त्यसको एक हिस्सा मात्र यहाँ ल्याउन सके नेपालको पर्यटनमा कायापलट हुन सक्नेभएकाले त्यसतर्फ सम्पूर्ण राज्यको ध्यान केन्द्रित गर्नु पर्नेमा उनले जोड दिए । केही दिनअघि सिचाङ क्षेत्रको भ्रमण गरी फर्किएको नेपाली टोलीका सदस्य एवम् बौद्ध दर्शनका जानकार मोहनकुमार तामाङले नेपाल र सिचाङबीच १४ सताब्दीदेखि नै जनस्तरमा समेत मित्रवत सम्बन्ध रहेको बताए ।

सिचाङले बौद्ध सम्पदाको संरक्षण गरी लाखौँ पर्यटक आकर्षित गरेको बताउँदै त्यहाँ रहेका र नेपालका कतिपय गुम्बाबीच अन्योन्याश्रित सम्बन्ध रहेको विषयमा प्रचार प्रसारको खाँचो उनले औँल्याए ।

कलाकार राजु पौडेल (मास्टर) ले सिचाङबाट हामीले सम्पत्ति मात्र नभई सम्पदा जोगाएर सन्ततीलाई हस्तान्तरण गर्न पर्ने रहेछ भन्ने ज्ञानआर्जन भएको बताए । उनले नेपालले आफ्नो पहिचानका रुपमा रहेको कला, संस्कृति र मठमन्दिर संरक्षणमा अब विशेष पहल गर्नुपर्छ भने ।

0 Comments