३१ आश्विन २०८३, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू: धनुषामा गण र बाहिनीबाट थप सुरक्षाकर्मी परिचालन

अ अ+ अ-

काठमाडौँ । धनुषा जिल्ला प्रशासनले विजयादशमी, दीपावली तथा छठ पर्वलाई लक्षित गरी जिल्लाभर एकीकृत सुरक्षा योजना कार्यान्वयनमा ल्याएको छ । 

चाडपर्वका समयमा सम्भावित आपराधिक क्रियाकलाप नियन्त्रण तथा शान्ति सुरक्षा सुदृढ बनाउन जिल्लास्थित सुरक्षा निकायका अतिरिक्त गण र बाहिनीबाट समेत थप सुरक्षाकर्मी झिकाएर परिचालन गरिएको हो । जिल्ला प्रशासन कार्यालय धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले चाडपर्वलाई भयरहित, मर्यादित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउन सुरक्षा संयन्त्रलाई उच्च सतर्कतामा राखिएको जानकारी दिए ।

 शैँको महासप्तमीका अवसरमा जनकपुरधामस्थित महावीर युवा कमिटीद्वारा आयोजित राजदेवी माताको मन्दिर परिसरबाट सुरक्षा अवस्थाबारे जानकारी गराउँदै प्रजिअ लुइँटेलले जिल्लाको समग्र सुरक्षा व्यवस्था प्रभावकारी रूपमा मिलाइएको स्पष्ट पारे। उनकाअनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, ट्राफिक प्रहरी र राष्ट्रिय अनुसन्धान विभागको संयुक्त सहभागितामा एकीकृत सुरक्षा योजना लागू गरिएको हो । चाडपर्वमा हुनसक्ने चोरी, लुटपाट, जुवातास, कालोबजारी तथा अन्य अवाञ्छित गतिविधि रोक्न सदरमुकाम जनकपुरधामका संवेदनशील क्षेत्र तथा ग्रामीण भेगहरूमा समेत नियमित पट्रोलिङ र आकस्मिक जाँच तिब्र पारिएको छ । भीडभाड हुने मुख्य धार्मिक स्थलहरू र बजार क्षेत्रमा सादा पोशाकका सुरक्षाकर्मी (इन्टेलिजेन्स) परिचालन गरी विशेष निगरानी बढाइएको प्रशासनले जनाएको छ । 

उनले भने, ‘ आज हामी दशैँको सप्तमीमा छौँ । यस अवसरमा जनकपुरस्थित महावीर युवा कमिटी र राजदेवी माताको मन्दिर परिसरबाट बोल्दै गर्दा, यसपटक धनुषा जिल्लामा शान्ति सुरक्षा व्यवस्था प्रभावकारी बनाइएको जानकारी गराउन चाहन्छु । एकीकृत जिल्ला सुरक्षा योजनाअनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी, ट्राफिक प्रहरी र राष्ट्रिय अनुसन्धानका कर्मचारी परिचालन गर्नुका साथै सादा पोसाकमा सुरक्षाकर्मी खटाइएको छ । जिल्लाभर गस्ती तथा निगरानी बढाइएको छ । शान्ति सुरक्षाविरुद्ध गतिविधि गर्नेलाई नियन्त्रणमा लिई कानूनी कारबाहीसमेत अघि बढाइएको छ । अतः सम्पूर्ण जिल्लावासीलाई सामाजिक सद्भाव, एकता र आपसी भाइचाराका साथ चाडपर्व शान्तिपूर्ण रूपमा मनाउन हार्दिक अनुरोध गर्दछु ।’

शान्ति सुरक्षामा खलल पुर्‍याउने वा कानूनविपरित गतिविधिमा संलग्न जोकोहीलाई तत्काल नियन्त्रणमा लिएर कानूनी दायरामा ल्याइने चेतावनी दिँदै प्रजिअ लुइँटेलले सुरक्षा टोली सोहीअनुसार परिचालित भइसकेको बताए । साथै, प्रमुख जिल्ला अधिकारीले सम्पूर्ण धनुषावासीलाई शुभकामना व्यक्त गर्दै आपसी सद्भाव, भ्रातृत्व र एकता कायम राखेर हर्षोल्लासपूर्वक चाडपर्व मनाउन अपिल समेत गरेका छन् । 

0 Comments