३१ आश्विन २०८३, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पत्रकार किशोर श्रेष्ठलाई लिन निवासमै पुग्यो प्रहरी टोली

रास्वपा नेता हिमेश पन्त र श्रेष्ठबीच समाचारको विषयमा विवाद, दुवै पक्षको निवेदनपछि साइबर ब्युरोमा छलफलको तयारी

अ अ+ अ-

काठमाडौं। जनआस्था साप्ताहिकका प्रधानसम्पादक तथा वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई छलफलका लागि भन्दै नेपाल प्रहरीको साइबर ब्युरोले आफ्नो कार्यालय लगेको छ। शनिबार बिहान प्रहरी टोली ललितपुरको नख्खुस्थित श्रेष्ठको निवासमै पुगेर उनलाई ब्युरोमा लगेको हो।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य हिमेश पन्तसँग समाचारको विषयलाई लिएर उत्पन्न विवादका सम्बन्धमा दुवै पक्षबाट निवेदन परेपछि साइबर ब्युरोले श्रेष्ठलाई छलफलका लागि बोलाएको जनाइएको छ।

साइबर ब्युरो स्रोतका अनुसार श्रेष्ठविरुद्ध परेको निवेदनका विषयमा आवश्यक छलफल गर्न उनलाई कार्यालय ल्याइएको हो। ब्युरोले तत्कालका लागि उनलाई पक्राउ गरिएको नभई छलफलका लागि ल्याइएको जनाएको छ।

प्राप्त विवरणअनुसार रास्वपा केन्द्रीय सदस्य पन्तले शुक्रबार समाचारको विषयलाई लिएर श्रेष्ठविरुद्ध साइबर ब्युरोमा निवेदन दिएका थिए। त्यसैगरी श्रेष्ठले पनि पन्तविरुद्ध सोही ब्युरोमा निवेदन दिएका छन्।

दुवै पक्षबाट निवेदन परेपछि विवादका सम्बन्धमा उनीहरूलाई सँगै राखेर छलफल गराउने तयारी गरिएको ब्युरो स्रोतले जनाएको छ। यद्यपि, निवेदनमा उल्लेख गरिएका आरोप र विवादको विस्तृत विषयवस्तुबारे आधिकारिक विवरण सार्वजनिक भएको छैन।

पत्रकार श्रेष्ठ यसअघि पनि प्रहरी अनुसन्धानको प्रक्रियामा परेका थिए। गत साउन २७ गते काठमाडौं प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो। त्यसक्रममा प्रहरीले उनको निवासमा खानतलासी गरी ल्यापटप, कम्प्युटरलगायत विद्युतीय उपकरणसमेत नियन्त्रणमा लिएको थियो।

उक्त घटनापछि श्रेष्ठको थुनाविरुद्ध सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर भएको थियो। रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले उनलाई थुनामुक्त गरी हाजिरी जमानी वा तारिखमा राखेर अनुसन्धान अघि बढाउन आदेश दिएको थियो। अदालतको आदेशपछि श्रेष्ठ भदौ १ गते हिरासतमुक्त भएका थिए।

पछिल्लो घटनामा भने श्रेष्ठ र पन्तबीच समाचारको विषयमा परेको निवेदनलाई लिएर साइबर ब्युरोले छलफलको प्रक्रिया अघि बढाएको हो।

0 Comments