३१ आश्विन २०८३, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाली काँग्रेस निर्वाचन समितिद्वारा पार्टीलाई १ करोड रुपैयाँ हस्तान्तरण

अ अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेस केन्द्रीय निर्वाचन समितिले १५ औँ महाधिवेशन सम्पन्न भएपछि आफ्नो खातामा संकलित रकममध्ये १ करोड रुपैयाँ केन्द्रिय कार्यसमितिलाई हस्तान्तरण गरेको छ ।

पार्टी सञ्चालन तथा नवनिर्वाचित नेतृत्वलाई आर्थिक अभाव नहोस् भन्ने उद्देश्यले सो रकम बराबरको चेक हस्तान्तरण गरिएको निर्वाचन समितिले जनाएको हो । नेपाली काँग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचन प्रक्रिया सम्पन्न भएपछि केन्द्रीय निर्वाचन समितिको खातामा जम्मा भएको मौज्दात रकमबाट १ करोड रुपैयाँ पार्टी केन्द्रीय कार्यालयलाई हस्तान्तरण गरिएको हो ।  निर्वाचन समितिले निर्वाचन सम्पन्न गर्ने क्रममा संकलित कुल रकमको हिसाबकिताब टुंग्याउने कार्य जारी रहेको जनाएको छ । 

निर्वाचन समितिका पदाधिकारीहरूले महाधिवेशनका क्रममा कुनै पनि किसिमको व्यक्तिगत पारिश्रमिक वा भत्ता नलिई स्वयंसेवी रूपमा कार्यसम्पादन गरेको स्पष्ट पारेका छन् । सोही निःस्वार्थ योगदानका कारण बचेको रकम पार्टीको संगठनात्मक सुदृढीकरण तथा नवनिर्वाचित नेतृत्वको कार्यसम्पादनलाई सहजीकरण गर्न हस्तान्तरण गरिएको समितिले स्पष्ट पारेको छ । नवनिर्वाचित नेतृत्वलाई केवल शुभकामना मात्र दिएर नपुग्ने भन्दै राजनीतिक तथा सांगठनिक अभियान सञ्चालन गर्न आर्थिक स्रोत अनिवार्य हुने निर्वाचन समितिको ठहर छ । सोही आवश्यकतालाई ध्यानमा राखी गगनकुमार थापासहितको नयाँ टिमलाई काम गर्न सहज होस् भन्ने हेतुले १ करोड रुपैयाँको चेक हस्तान्तरण गरिएको समितिले जानकारी दिएको छ ।

0 Comments