२ कार्तिक २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

साउदी नेतृत्वको गठबन्धनद्वारा यमनमा २४ घण्टाभित्र ५३ हवाई आक्रमण भएको हुथी विद्रोहीको दाबी

अ अ+ अ-

काठमाडौँ । यमनको विद्रोही समूह हुथीले साउदी अरब नेतृत्वको सैन्य गठबन्धनले पछिल्लो २४ घण्टाभित्र देशका विभिन्न भागहरूमा ५३ पटक हवाई आक्रमण गरेको दाबी गरेको छ । विद्रोही नियन्त्रित राजधानी सानासहित रणनीतिक रूपमा महत्त्वपूर्ण ६ वटा प्रान्तहरूलाई लक्षित गरी यी भीषण आक्रमणहरू भएको हुथी पक्षले जनाएको छ । 

हुथी सैन्य प्रवक्ता याह्या सारियाले एक विज्ञप्ति जारी गर्दै साउदी लडाकु विमानहरूले राजधानी सानाका साथै ताइज, इब्ब, लाहिज, सादा र अमरान प्रान्तमा व्यापक बमबारी गरेको जानकारी दिएका छन् । प्रवक्ता सारियाकाअनुसार यी आक्रमणहरूले सर्वसाधारण बसोबास गर्ने बस्तीहरूलाई समेत क्षति पुर्याएको छ, जसमा महिला तथा बालबालिकासहित थुप्रै नागरिकहरू हताहत भएका छन् । यद्यपि, विद्रोही पक्षले आक्रमणबाट ज्यान गुमाउने वा घाइते हुनेहरूको यकिन संख्या भने सार्वजनिक गरेको छैन । 

सारियाले पछिल्लो समय दुई पक्षबीच द्वन्द्व पुनः चर्किएयता साउदी गठबन्धनले कूल २ हजार ५ सय ४२ पटक हवाई तथा क्षेप्यास्त्र हमला गरिसकेको दाबी समेत गरेका छन् । पछिल्ला हप्ताहरूमा अन्तर्राष्ट्रिय मान्यता प्राप्त यमनी सरकारी सेनाले विभिन्न मोर्चामा विद्रोहीविरुद्ध स्थलगत सैन्य कारबाही तीव्र पारेपछि साउदी नेतृत्वको गठबन्धनले पनि हुथी नियन्त्रित इलाकाहरूमा हवाई आक्रमण बाक्लो बनाएको हो । 

उक्त आक्रमणहरूको प्रतिशोधस्वरूप हुथी समूहले पनि साउदी अरेबियाको भित्री भूभागलाई लक्षित गर्दै ड्रोन तथा ब्यालिस्टिक क्षेप्यास्त्र आक्रमणहरू बढाएको छ । विद्रोहीहरूले साउदीका अन्तर्राष्ट्रिय विमानस्थल, तेल प्रशोधन केन्द्र तथा महत्त्वपूर्ण पूर्वाधारहरूलाई निसाना बनाउँदै आएका छन् ।

सन् २०१४ को अन्त्यतिर हुथी विद्रोहीहरूले राजधानी सानासहित उत्तरी यमनका अधिकांश भूभाग कब्जा गरेपछि यमनमा गृहयुद्ध सुरु भएको थियो । त्यसपछि अपदस्थ सरकारको पुनर्बहालीका लागि सन् २०१५ देखि साउदी अरबको नेतृत्वमा बहुराष्ट्रिय सैन्य गठबन्धनले हस्तक्षेप शुरु गरेको थियो । वर्षौंदेखि जारी यस संघर्षले यमनलाई विश्वकै गम्भीर मानवीय संकटको अवस्थामा पुर्याएको छ । 

0 Comments