७ कार्तिक २०८३, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चितवनमा तीन महिनामा ६ हजार ७६६ नागरिकताको प्रतिलिपि, २८ जनाले त्यागे नागरिकता

अ अ+ अ-

नारायणगढ (चितवन) ।  जिल्ला प्रशासन कार्यालय चितवन र इलाका प्रशासन कार्यालय माडीबाट चालु आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्म तीन हजार ६२ जनाले वंशजका आधारमा नागरिकता प्राप्त गरेका छन् भने छ हजार ७६६ नागरिकताको प्रतिलिपि जारी गरिएको छ । यस अवधिमा २८ जनाले नागरिकता परित्याग गरेका छन् ।

जिल्ला प्रशासन कार्यालय चितवनका सूचना अधिकारी विकास विकका अनुसार उक्त अवधिमा जिल्ला प्रशासन कार्यालयबाट दुई हजार ८२४ र इलाका प्रशासन कार्यालय माडीबाट २३८ जनाले वंशजका आधारमा नागरिकता प्राप्त गरेका हुन् । नागरिकता प्राप्त गर्नेमा जिल्ला प्रशासन कार्यालयबाट एक हजार ४१८ महिला र एक हजार ४०६ पुरुष तथा माडीबाट १२२ महिला र ११६ पुरुष रहेका छन् ।

यस अवधिमा जिल्ला प्रशासन कार्यालयबाट १५ महिलाले वैवाहिक अङ्गीकृत र ११ जनाले अङ्गीकृत नागरिकता प्राप्त गरेका छन् । अङ्गीकृत नागरिकता प्राप्त गर्नेमा सात महिला र चार पुरुष छन् । यस्तै, ३१ जनाले गैरआवासीय नेपाली नागरिकता प्राप्त गरेका छन् । गैरआवासीय नागरिकता प्राप्त गर्नेमा नौ महिला र २२ पुरुष रहेका छन् ।

जिल्ला प्रशासन कार्यालयबाट तीन महिनाको अवधिमा छ हजार ११६ नागरिकताको प्रतिलिपि जारी गरिएको छ । प्रतिलिपि लिनेमा दुई हजार ९८७ महिला, तीन हजार १२८ पुरुष र एक अन्य रहेका छन् । इलाका प्रशासन कार्यालय माडीबाट पनि ६५० नागरिकताको प्रतिलिपि जारी गरिएको छ । तीमध्ये ३२३ महिला र ३२७ पुरुष छन् ।

यसैगरी, जिल्ला प्रशासन कार्यालयबाट २८ जनाले नागरिकता परित्याग गरेका छन् । नागरिकता परित्याग गर्नेमा १० महिला र १८ पुरुष छन् भने चार जनाको नागरिकता रद्द गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयबाट ११ हजार ९९७ जनाको राष्ट्रिय परिचयपत्रका लागि नयाँ विवरण दर्ता गरिएको छ भने चार हजार ३७० वटा राष्ट्रिय परिचयपत्र वितरण गरिएको छ । राहदानीका लागि पाँच हजार ८५२ जनाको सिफारिस गरिएको र चार हजार २४३ वटा राहदानी वितरण गरिएको सूचना अधिकारी विकले जानकारी दिए ।

यस अवधिमा ३२६ जनाको नाबालक परिचयपत्रका लागि नयाँ दर्ता गरिएको छ भने ११ वटा प्रतिलिपि जारी गरिएको छ । कार्यालयबाट ३१६ वटा जातीय प्रमाणित, ३१७ वटा भारतीय पेन्सन सिफारिस, १२५ वटा व्यक्ति प्रमाणित र एक हजार ११४ वटा अन्य सिफारिससम्बन्धी कामसमेत भएका छन् ।

यता, इलाका प्रशासन कार्यालय माडीबाट असोज मसान्तसम्म एक हजार २५५ जनाको राष्ट्रिय परिचयपत्रका लागि नयाँ विवरण दर्ता गरिएको छ भने ७४८ वटा परिचयपत्र वितरण गरिएको छ । सोही अवधिमा १० वटा नाबालक परिचयपत्रका लागि नयाँ दर्ता र २३ वटा जातीय प्रमाणितसम्बन्धी काम भएका छन् । माडीबाट एक महिलाले वैवाहिक अङ्गीकृत र एक जनाले अङ्गीकृत नागरिकता प्राप्त गरेका छन् ।

0 Comments