१० कार्तिक २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तीन दिन पदयात्रा अनुमति नदिने अध्यागमन विभागको निर्णय

कात्तिक १२ देखि १४ गतेसम्म उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात, हिमआँधी र हिम पहिरोको जोखिम रहने पूर्वानुमानपछि जोखिमयुक्त क्षेत्रमा पदयात्रा अनुमति रोक्का, यात्रामा रहेका पर्यटकलाई सुरक्षित स्थानमा बस्न आग्रह।

अ अ+ अ-

काठमाडौँ । उच्च पहाडी तथा हिमाली क्षेत्रमा प्रतिकूल मौसमका कारण हिमपात, हिमआँधी र हिम पहिरोको जोखिम बढ्ने पूर्वानुमानपछि अध्यागमन विभागले तीन दिनका लागि जोखिमयुक्त क्षेत्रमा पदयात्रा अनुमति नदिने निर्णय गरेको छ।

विभागले जारी गरेको सूचनाअनुसार कात्तिक १२ देखि १४ गतेसम्म उच्च पहाडी तथा हिमाली क्षेत्रमा मौसम प्रतिकूल रहने सम्भावना देखिएकाले उक्त अवधिमा जोखिमयुक्त क्षेत्रमा जाने पदयात्री तथा विदेशी पर्यटकलाई अनुमति प्रदान गरिने छैन।

मौसमसम्बन्धी पूर्वानुमानलाई आधार बनाउँदै विभागले सम्भावित दुर्घटना तथा मानवीय क्षति न्यूनीकरणका लागि सावधानी अपनाउन आग्रह गरेको हो।

विभागका अनुसार जोखिमयुक्त क्षेत्रमा पदयात्रा गर्ने उद्देश्यले दिइने अनुमति आजदेखि नै रोकिएको छ। यससँगै सम्बन्धित क्षेत्रमा पदयात्रा गर्ने तयारीमा रहेका विदेशी पर्यटकको यात्रा योजना प्रभावित हुन सक्ने देखिएको छ।

विभागले विशेष गरी निषेधित क्षेत्रमा पदयात्रा गर्ने विदेशी पर्यटक तथा पदयात्रा व्यवस्थापनमा संलग्न व्यक्ति र संस्थालाई उक्त अवधिमा यात्रा नगर्न तथा नगराउन अनुरोध गरेको छ।

यसअघि नै उच्च पहाडी तथा हिमाली क्षेत्रमा पदयात्राका लागि गइसकेका पर्यटकलाई पनि मौसमको जोखिमलाई ध्यानमा राख्दै सुरक्षित स्थानमा रहन विभागले आग्रह गरेको छ।

हिमपात, हिमआँधी तथा हिम पहिरोको सम्भावना रहेका क्षेत्रमा यात्रा गर्दा पदयात्रीको सुरक्षामा जोखिम उत्पन्न हुन सक्ने भएकाले विभागले पूर्वसावधानीका रूपमा अनुमति रोक्ने निर्णय गरेको हो।

विशेष गरी उच्च हिमाली क्षेत्रमा मौसमको अवस्था प्रतिकूल हुँदा पदमार्ग अवरुद्ध हुने, यात्रा प्रभावित हुने तथा उद्धार कार्यमा समेत कठिनाइ आउन सक्ने जोखिम रहन्छ। यस्तो अवस्थामा पदयात्रा जारी राख्नुभन्दा सुरक्षित स्थानमा रहनु उपयुक्त हुने विभागको सूचनाको आशय छ।

विभागले पदयात्रामा रहेका विदेशी पर्यटकलाई मौसम अनुकूल नभएसम्म सुरक्षित स्थानमै बस्न र जोखिमयुक्त क्षेत्रमा थप यात्रा नगर्न आग्रह गरेको छ।

0 Comments