११ कार्तिक २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रव्यापी श्रीगजेन्द्रमोक्ष नारायण मुक्तिनाथ रथयात्रा सुरु

अ अ+ अ-

काठमाडौँ । नेपालका पौराणिक तीर्थस्थलहरूको प्रचार गरी धार्मिक पर्यटनको प्रवर्द्धन, राष्ट्रिय एकताको सुदृढीकरण, सनातन वैदिक संस्कृतिको संरक्षण तथा वैदिक विश्वविद्यालय स्थापनाको मूल उद्देश्यका साथ राष्ट्रव्यापी श्रीगजेन्द्रमोक्ष नारायण मुक्तिनाथ रथयात्रा सुरु भएको छ। 

मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलनयनाचार्यले गत आइतबार पवित्र मुक्तिनाथधामबाट सो रथयात्राको शुभारम्भ गरेका हुन्। उनकै सत्सङ्कल्पमा नेपाल तीर्थस्थल विकास राष्ट्रिय समितिको आयोजनामा सो रथयात्रा सुरु भएको हो।

बागलुङस्थित पञ्चकोट हुँदै अघि बढेको उक्त रथयात्रा नेपालका पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्वका पौराणिक पवित्रस्थलहरूमा आगामी मङ्सिर १ गतेसम्म राष्ट्रव्यापी रूपमा परिक्रमा गर्ने कार्यक्रम रहेको छ।

मुक्तिनाथबाबा स्वामी कमलनयनाचार्यले भने, ‘यस रथयात्राको उद्देश्य धार्मिक अनुष्ठानमा मात्र सीमित नरही राष्ट्रिय एकताको भावना जागृत गर्नु हो। सामाजिक सद्भाव र सहिष्णुता अभिवृद्धि गर्नु, सनातन संस्कृतिका मौलिक मूल्य–मान्यताको संरक्षण गर्नु तथा नेपालको गौरवशाली धार्मिक सम्पदालाई नयाँ पुस्तामाझ परिचित गराउनु हो।’ उनले थपे, ‘देशका ऐतिहासिक तीर्थस्थलहरूबिच धार्मिक तथा सांस्कृतिक सम्बन्ध विस्तार गरी आन्तरिक पर्यटन, तीर्थाटन र स्थानीय आर्थिक गतिविधिलाई प्रोत्साहन गर्नु पनि यस अभियानको अर्को मूल उद्देश्य हो।’

राष्ट्रव्यापी यात्राको विश्राम मङ्सिर १ गते नवलपुरस्थित श्रीगजेन्द्रमोक्षधाम, त्रिवेणीधाममा हुने कार्यक्रम छ। मङ्सिर १ देखि नै सोही स्थानमा वैदिक विश्वविद्यालय स्थापना गर्ने उद्देश्यका साथ अष्टाचल धनधान्याचल श्रीगजेन्द्रमोक्ष नारायण वैभव विराट महायज्ञ सञ्चालन हुँदैछ। सो महायज्ञ मङ्सिर महिनाभर चल्नेछ।

रथयात्राका क्रममा भगवान् श्रीमुक्तिनाथको पवित्र जल तथा प्रसाद वितरण गर्ने कार्यक्रमसमेत रहेको छ। यस अवसरमा रथयात्रा पुग्ने विभिन्न स्थानका श्रद्धालु भक्तजन, धर्मानुरागी तथा सनातन संस्कृति प्रेमीहरूलाई भगवानको दर्शन गर्न, पवित्र जल तथा प्रसाद ग्रहण गर्न र यस पुण्य अभियानमा सहभागी हुन पनि उनले आह्वान गरेका छन्।

0 Comments