११ कार्तिक २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काठमाडौँ प्रहरीको विशेष अपरेसन : २४ घण्टामा ९२ जना पक्राउ

अपराध नियन्त्रण र शान्ति सुरक्षा कायम गर्ने उद्देश्यले काठमाडौँका विभिन्न स्थानमा सञ्चालन गरिएको विशेष प्रहरी अभियानमा ८४ पुरुष र आठ महिला पक्राउ परेका छन्।

अ अ+ अ-

काठमाडौँ। जिल्ला प्रहरी परिसर काठमाडौँले अपराध नियन्त्रण तथा शान्ति सुरक्षा कायम गर्ने उद्देश्यले सञ्चालन गरेको विशेष अभियानका क्रममा २४ घण्टाभित्र ९२ जनालाई पक्राउ गरेको छ।

परिसरले काठमाडौँका विभिन्न स्थानमा सञ्चालन गरेको ‘स्विप अपरेसन’ का क्रममा शंकास्पद गतिविधिमा संलग्न तथा आपराधिक पृष्ठभूमि भएका व्यक्तिहरूमाथि निगरानी बढाउँदै उनीहरूलाई नियन्त्रणमा लिएको जनाएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक दानबहादुर थापाका अनुसार पक्राउ पर्नेमा ८४ पुरुष र आठ महिला रहेका छन्।

प्रहरीले समाजमा शान्ति सुव्यवस्था कायम राख्न, सम्भावित आपराधिक गतिविधि रोक्न तथा उच्छृङ्खल गतिविधि नियन्त्रण गर्न विशेष अभियान सञ्चालन गरेको जनाएको छ।

अभियानअन्तर्गत काठमाडौँका विभिन्न स्थानमा निगरानी र प्रहरी परिचालनलाई तीव्र बनाइएको थियो। आपराधिक गतिविधिमा संलग्न हुन सक्ने व्यक्तिहरूको पहिचान तथा निगरानीलाई प्राथमिकता दिइएको प्रहरीको भनाइ छ।

0 Comments