११ कार्तिक २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पदीय आचरण विपरीत सामाजिक सञ्जाल प्रयोग नगर्न शिक्षक तथा कर्मचारीलाई निर्देशन

अ अ+ अ-

काठमाडौँ । शिक्षक तथा कर्मचारीलाई पदीय आचरण विपरीत सामाजिक सञ्जाल प्रयोग नगर्न निर्देशन दिइएको छ ।

शिक्षा विकास तथा समन्वय इकाई, चितवनले शिक्षकहरूलाई सो निर्देशन जारी गरेको हो । इकाईले जिल्लाका सबै विद्यालयलाई पत्राचार गर्दै प्रचलित कानुनी व्यवस्था र आचारसंहिताको पूर्णपालना गर्न तथा सामाजिक सञ्जाल प्रयोग गर्दा जिम्मेवार बन्न निर्देशन दिएको हो ।

इकाई प्रमुख कृष्णचन्द्र पोखरेलले कानुन तथा नियममा भएका व्यवस्थाबारे स्मरण गराउँदै शिक्षक तथा कर्मचारीलाई सचेत गराइएको बताए ।

जिल्लाका केही शिक्षक तथा कर्मचारीले पदीय आचरण विपरीत सामाजिक सञ्जाल प्रयोग गरेको भनी विभिन्न माध्यमबाट गुनासा प्राप्त भएकाले यस विषयमा सचेत गराइएको उनले बताए ।

उनले भने, “कानुन र नियमावलीमा भएका कुरा सम्झाएको मात्रै हो । यसको पालना गर्न सबैले पर्दछ ।” शिक्षा नियमावली, २०५९ को नियम १३३ को उपनियम (१) को खण्ड (घ) तथा सामाजिक सञ्जाल प्रयोग गर्ने सम्बन्धी निर्देशिका, २०८० को दफा ४ मा भएका व्यवस्थाको स्मरण गराउँदै इकाईले शिक्षक तथा कर्मचारीलाई कानुनी प्रावधानको पालना गर्न आग्रह गरेको हो ।

उक्त व्यवस्थाअनुसार नेपाल सरकार र नेपाली जनताको सम्बन्धमा खलल पार्ने गरी बेनामी वा काल्पनिक नामबाट लेख प्रकाशन गर्ने, प्रेसलाई सूचना दिने, रेडियो वा टेलिभिजनमार्फत भाषण गर्ने तथा सार्वजनिक भाषण वा वक्तव्य दिने कार्यमा निषेधात्मक व्यवस्था रहेको निर्देशनमा उल्लेख छ ।

शिक्षा नियमावली, २०५९ को नियम १३३ को उपनियम (२) बमोजिम शिक्षक तथा कर्मचारीले आचारसंहिताको पालना गरे/नगरेको विषयमा प्रभावकारी नियमन तथा अनुगमन गर्न पनि इकाईले सम्बन्धित विद्यालयलाई आग्रह गरेको छ ।

0 Comments